ब्रेकिङ्ग महिमा

http://sindhulidarpan.blogspot.com/2012/05/s_1137.html
पवन न्यौपाने,(मेरोरिपोर्ट)
काठमाण्डौ,वैशाख २९ ।
- ‘जनकपुरबाट काठमान्डौंका लागी हिँडेको विमान सम्पर्क बाहिर, दुर्घटना भएको आशंका’ आफुलाई २४अैं घंटा समाचारको खबरदारी गर्ने बताएको एउटा टेलिभिजन टिभी १ ले ब्रेकीङ्ग डिस्प्ले गर्यो । लगातार केही मिनेटको ब्रेकीङ्ग आईरहँदा भित्रैदेखीका खबर सबै बाहिर निकाल्ने नारा घन्काउने टिभी २ किन पो चुप लाग्थ्यो, उसले एककदम अगाडी बढेर दियो, ‘जनकपुरबाट काठमान्डौंका लागी उडेको बिमान सम्पर्कबाहिर, सिन्धुलीको
ककुरठाकुरबाट जहाज सम्पर्कबिहीन भएको सिन्धुली प्रहरीको भनाई’ । लौं आकाशको बिमान सम्पर्कबिहीन भएको खबर एयरपोर्टले दिन छाडेर बाटाबाटाका प्रहरीले पो दिन थालेछन् । यत्तिले पनि उसलाई पुगेन, धडाक सिन्धुली जिल्ला सम्बाददातालाई फोन लगायो ,समाचारको रफ्तारमा भित्रको खबर सबैभन्दा पहिला बाहिर जो निकाल्नुथियो ।
स्टुडियो ः अनी, फलानो जी ,जनकपुरबाट काठमान्डौंको लागी उडेको बिमान सम्पर्क बाहिर भएको खबर आएको छ , त्यसबारेमा बिस्तृत जानकारी गराउनुहोस ।
संवाददाता ः अं चिलानो जी, स्थानियबासीले
ककुरठाकुरमबाट प्रहरीलाई खबर गरे अनुसार त्यहाँ ठुलो डाँडा छ र धुवाँको मुस्लो आईरहेको छ । त्यही भएर विमान त्यहाँ दुर्घटना भएको भन्ने अनुमान गर्न सकिन्छ ।
स्टुडियो ः के भन्छ प्रहरीले,स्थानियबासीले थप जानकारी गराउनुहोस ।
संवाददाता ः प्रहरीहरु खबर पाएबित्तिकै घटनास्थल
ककुरठाकुरतिर लागिसकेकाछन् । हामी जिल्लाका संचारकर्मीहरु मौषम अली खराब भएकाले स्थानिय बासीन्दासंग सम्पर्क गर्न सकिरहेका छैंनौं । जिल्लामै एकैठाऊँमा जम्मा भएर बसिरहेका छौं , बिमान दुर्घटना भएको पुष्टी हुने बित्तिकै हामी त्यतातिर हिँडनेछौं ।
स्टुडियो ः हुन्छ फलाना जी, धन्यबाद । हामी तपाईंसंग सम्पर्कमा रहिरहनेछौं । पलपलको खबरका लागी हेर्दैगर्नुहोला टिभी २ ।
२–२ वटा टेलिभिजनले यत्रो दिईसकेपछि टिभी ३ पनि किन चुप लाग्थ्यो र , अर्को एक कदम अगाडी बढ्यो र ब्रेकिग दियो , ‘जनकपुरबाट काठमान्डौं आउँदै गरेको बुद्ध एयरको बिचक्राफ्ट १९ बिमान सिन्धुलीमा दुर्घटना, थप बिबरण आउन बाँकी’ लौ नेपालको पहिलो निजी टिभी, टिभी ३ ले नै नामै तोकेर भनेपछि त बिश्वाश नगरेर भो र ? जय श्री पशुपतिनाथ को नाम लिनु शिवाय के नै पो रहयो र अब ? टिभी ३ को यो स्क्रोललाई टिभी ४ टिभी ५ टिभी ६ हिमाल,पहाड,तराई मधेश सबै टिभीले पनि हुवहु कपी गरेर पेष्ट गरे, आखिर सबैलाई अगाडी जो हुनुछ । एकमात्र सरकारी टिभीपनि के कम....मौका मिलेको थियो दिईहाल्यो त्यहीकुरा अंग्रेजीमा ।
त्यही बिचमा टिभी ७ ले अर्को स्कुप मार्यो । ‘जनकपुरबाट काठमान्डौंका लागी हिँडेको बुद्ध एयरको जहाज सकुशल त्रिभुवन बिमानस्थलमा अवतरण, त्यो भन्दा बिस मिनेट अघि उडेको यति एयरलाइन्सको बिमान चाहीँ अझै अवतरण भएको छैन’ । ओ हो, लौ मार्यो टिभी ७ ले यत्ति भनेपछि टिभी ३ ,टिभी ४ टिभी ५ र टिभी ६ ले फटाक आफ्नो ब्रेकीग हटाए.....कहिँ लोकगित बज्न थाले कहीँ २ फेर हाँसन त कहीँ ससेज बनाउने तरिका सिकाउन थाल्यो । भयंकर थाहा पाएर थाहा दिएजस्तो गर्ने यी टिभीहरु बिमान दुर्घटना थाहै नभएको जस्तो गरेर बसे । एकैछिनपछि भित्रैको खबर हँुडाल्ने टिभी २ फेरि आयो ब्रेकिग न्युजका साथ, एयरपोटका हाकिमको अन्र्तवार्ता लिएर । हाकिमसाबसंगको कुराकानी जारी थियो ।
‘यति बुद्ध सबै जहाज सकुसल त्रिभुवन बिमानस्थलमा अवतरण गरिसकेका छन् । ’ बिमानस्थल प्रमुख ज्यु बोल्नभयो । ‘कहिंकतै त्यस्तो समस्या छैन । ’
‘ए त्यसोभा बिमान दुर्घटना भएको हल्ला मात्र हो ?’ स्टुडियोबाट चिलानो जी बोल्नुभयो ।
‘हो, यो हल्लामात्र हो । सबै जहाज आईसकेका छन् । ‘जवाफ फर्काउनुभयो प्रमुख ज्यु ले ।
‘मौषम त खराब छ नी, जहाज सम्पर्कबाहिर भा हो त्यसोभए ?’ केही आउँछ कि भनेर चिलानोजीले बल गर्नुभयो ।
चिलानो जीले बलै गरेर सोधेका कारणले हो कि किन हो भन्दीनु भो प्रमुख ज्यु ले ‘हो ५ मिनेटजति सम्पर्कमा थिएन मौषमको कारणले, अहिले सबै बिमान सकुसल अवतरण गरिसकेका छन् । ’
धन्यबाद दिएर चिलानोले पुर्लुक्क मलाई हेर्नुभो ( मलाई नै हेर्या होला नी टिभी स्किृन हेर्दा त मलाई त्यस्तै लाग्यो ) र हुँकार गर्नुभयो । भित्रैदेखीको खबर, टिभी २, हामी जे वास्तबिकता त्यो चिर्ने प्रयास गर्छौं । कुनै पनि बिमान दुर्घटना भएको छैन् । भित्रैदेखीको खबरका लागी हेर्दैगर्नुहोला टिभी २ । टिभी २ ले यत्ति बताईरहँदा धेरै टिभीबाट बिमान दुर्घटनाको समाचार हराईसकेका थिए । २ वटा जति टिभी च्यानलहरुले गल्ती समाचार प्रशारण भएकोमा क्षमा मागेको स्क्रोल देखाईरहेका थिए (यत्ति बुद्धी चैं रहेछ) । अरुले निर्धक्कसाथ लोकगित, मायामन्जरी, सिनेमाका कुरा बजाउन थालिसकेका थिए ।
एकैछिनपछि चरोमुसो कहीँ कतै यो समाचारको फलोअप न त कुनै टेलिभिजनबाटै आयो न त कुनै रेडियोबाट नै ...त्यही भएर जहाज बिचमा सम्पर्कमा नभएको कुरोपनि बिश्वाशयोग्य लागेन,बल गरेर हाकिमसाबलाई भन्न लाएको जस्तो त चिलानोको सोधाईबाट देखएकै थियो नी ।
हिजो बिहीबार बेलुकी सवा ५ बजेदेखी करिब एकघंटासम्म नेपाली टेलिभिजन च्यानलहरुले देखाएको जात्रा हो यो , र यो जात्राले टेलिभिजन च्यानललाई के दियो दिएन थाहा भएन तर धेरै मानिसलाई अनावश्यक तनाव दियो । केहीक्षण जहाज सम्पर्कमा नभएको कुरालाई एकैछिनमा टेलिभिजन च्यानलले यत्ति हौवा फिंजाए कि जहाज नै ठोक्किएको,धुँवा आएको सम्म पनि भन्न भ्याए स्थानियवासी र प्रहरीको हवालादिँदै । नामै किटेर भन्दे यो जहाज दुर्घटना भनेर तीनले आँखैले देखेजस्तो गरेर । बिना आधार र बिना यथेष्ट प्रमाण र पुष्टी यसोभनिरहँदा तततत जहाज चढेर हिँडेका मानीसको परीवारमाथी परेको त्रासको र पिडाको जिम्मेवारी कस्ले लिने ?
हो, संचारमाध्यमको धर्म होला छिटो समाचार पुर्याउने तर त्यो भन्दा ठुलो धर्म हो प्रमाण आधार र पुष्टी नभएका कुराहरुलाई हौवाको रुपमा नफिजाउने । सबैजसो टेलिभिजनको त्यो १ घंटाको तँछाडमछाड हेर्दा लाग्थ्यो यी सबै लागीपरेका छन् दौडको मैदानमा । यीनीहरुलाई पर्वाह छ त केवल को पहिला पुग्ने । कसरी पुग्ने भन्ने कुरा लाई कसैले पनि महत्व नै दिईरहेका थिएनन् जसरी हुन्छ अगाडी जाने धाउन्नेमा देखिन्थे नेपाली टेलिभिजनहरु । छीटो पुग्ने दौडमा स्कुप दौडाउने होईन, बरु एकैछिन् ढिलै गरेर भएपनि वास्तविकता केलाएरमात्र समाचार दिएको भए टिभीहरुको विश्वशनियता पनि बढ्थ्यो,बेकारको दुनियालाई पिडा पनि त हुन्नथ्यो ।
ब्रेकीग फालेर अनी फलोअप गर्न बुझ्न थाल्ने कि बुझेर मात्र ब्रेकिग फाल्ने ?? भित्रैबाट मन्थन गर्ने जिम्मा स्वयं टिभी च्यानलहरुलाई नै । तर यस्तो प्रवृत्तीले फेरि एकपटक भुपी शेरचनको कविता पुर्नपुष्टी भयो, ‘यो हल्लैहल्लाको देश हो ।’ पक्कैपनि । त्यसमै थपेँ मैले ‘जहाँका मान्छेमात्र होईन, टेलिभिजन च्यानल पनि हल्लाकै भरमा चलेका छन् । ’ कि कसो त ? जय ब्रेकिङ्ग !
(धेरै मिडीयाबिज्ञको बिचमा यो मनुषले ठुला कुरा गर्या जस्तो लागेको खण्डमा कृपया यो आलेखलाई अर्तीको रुपमा होईन, एक आम दर्शकको रुपमा गरिएको बिश्लेषण मान्दिनुहोला ।)
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !