बार्ता निष्कर्ष विहिन

http://sindhulidarpan.blogspot.com/2012/05/s_3526.html
काठमाण्डौ,वैशाख २९ ।
सरकार र संयुक्त संघर्ष समितिवीच आज भएको बार्ता निष्कर्ष विहिन भएको छ । बार्ता निष्कर्ष विहिन भएपछि समितिले नेपाल बन्दको कार्याक्रमलाई निरन्तरता दिएको छ । सरकारसँगको बार्ता पछि बसेको बैठकले बन्दलाई निरन्तरता दिने निर्णय गरेको समितिले जनाएको छ । दुई दिनको नेपाल बन्दका कारण आजित भएका सर्वसाधारणलाई पुनः समस्या हुने भएको छ ।
यस अघि सरकारकाप्रति निधि र प्रमुख दलका शीर्ष नेताहरुसँग पनि समितिको बार्ता भएको थियो । बार्तामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय राज्यका पक्षमा अडान राखेपछि समिति आक्रोशित हुँदै बाहिरिएको हो । समितिले जातीय राज्य नबनाउन गरेको प्रस्तावलाई एमाओवादीले अस्वीकार गरेपछि बार्ता सफल नभएको समितिका सदस्यहरुले बताएका छन् ।
बार्तामा सरकारका तर्फबाट बार्ता टोली संयोजक तथा उपप्रधानमन्त्री कृष्ण सिटौला सहितका सदस्य तथा दलहरुका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतको सहभागिता थियो । संयुक्त संघर्ष समितिबाट व्राम्हण समाज, क्षेत्री समाज, दलित समाज, दशनामी समाज, पिछडा बर्ग लगायतको उपस्थिती थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !