साढे ५ लाखको क्षति

http://sindhulidarpan.blogspot.com/2012/05/s_8918.html
विदुर पौडेल,
सिन्धुली,वैशाख २९ ।
सिन्धुली,वैशाख २९ ।
सिन्धुलीको जिनाखु गाविस–६ मा आगलागि भएको छ । आगलागिबाट स्थानिय लालबहादुर खड्काको घर र गोठ पूर्णरुपमा ध्वस्त भएको स्थानियवासी सौगात आर्चायले जानकारी दिएका छन । आगलागिबाट साढे ५ लाख बरावरको क्षति भएको अनुमान स्थानियवासी गरेको उहाँले वताउनुभयो ।
शुक्रवार विहान करिव १० वजेको समयमा खानापकाउन लाग्दा आगलागि भएको स्थानियवासीले वताएका छन । आगलागिबाट १४ वटा बाख्रा,१ वटा गाई,१ लाख २५ हजार नगर,तीन तोला सुन,एउटा सोलन प्यानल लगाएत घरभित्र रहेका सम्पूर्ण अन्नपात लत्ताकपडा जलेको पिडित लालबहादुरले
वताउनुभयो ।
उहाँका अनुसार विहानको खाना श्रीमति भान्सामा गएका केही छिनमै घरमा आगलागि भएको
उहाँले वताउनुभयो । खड्काको श्रीमति आगलागि पछि साझ सम्म पनि अचेत अवस्थामा रहेकोले आगलागिको कारण खुल्न सकेको छैन । आगलागि भने स्थानियवासीले नियन्त्रणमा लिएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !