नेपाल बन्द फिर्ता

http://sindhulidarpan.blogspot.com/2012/05/s_12.html
काठमाण्डौ,वैशाख ३० ।
राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त सङ्घर्ष समितिले राई समुदायको ठूलो पर्व साकेला पर्वको मध्य नजर गर्दै आज तेस्रो दिन निरन्तरतादिने भनिएको बन्द आह्वान फिर्ता लिएको छ । आन्दोलन फिर्ता लिन विभिन्न समुदायले आग्रह गरेपछि बन्द आह्वान फिर्ता लिइएको सङ्घर्ष समितिले जनाएको छ ।
सरकारसँगको वार्तामा आफ्ना मागका विषयमा गम्भीरता नदेखाएको भन्दै आज तेस्रो दिन पनि बन्दलाई निरन्तरता दिने बताइएको थियो । बन्द फिर्ता लिएपछि अहिले सार्वजनिक सवारी साधन बिस्तारै चल्ने क्रम सुरु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !