‘पाँच बुँदे कार्यान्वयन गर्न भारतको आग्रह’

काठमाडौं,  वैशाख २९ । 


कांग्रस सभापति सुशील कोइरालासंग नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भेट गरी नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श गर्नु भएको छ । उहाँले पछिल्लो पटक दलहरुका वीच भएको पाँच बुँदे सहमति कार्यान्वयनमा समेत जोड दिनु भयो ।
महाराजगञ्जस्थित कोइराला निवासमा आज विहान भएको भेटमा कोइराला र राजदूत प्रसादवीच नेपालको समसामयिक राजनीतिक अवस्थाका साथै संविधान लेखनका विषयमा परामर्श भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।

राजदूत प्रसादसंगको भेटमा सभापति कोइरालाले आफूहरु सहमतिका आधारमा अगाडि बढ्न प्रयासरत रहेको बताउनु भयो । दलहरुबीच बैठक र छलफल तथा राजनीतिक परामर्श जारी रहेको बताउदै कोइरालाले सहमतिको सम्भावना अझै टरिनसकेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी सहमतिमा संविधान जारी गर्नका लागि प्रयासरत छौं ।’

दुई दिन अघिमात्र भारतबाट नेपाल आएका राजदूत सिंहले दलहरुबीच भएको पाँच बुँदे सहमतिको कार्यान्वयनमा सल्लाह दिनु भएको छ । उहाँले  पाँच बुँदे सहमति कार्यान्वयन र त्यसको विश्वासको वातावरणमा संकट आएको भन्दै चिन्ता र चासो समेत व्यक्त गर्नु भएको छ । पाँच बुँदे सहमति हुँदाका समय एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा दलहरुको बैठकमा राजदूत प्रसाद बसेको भन्दै चर्को आलोचना समेत भएको थियो ।

Related

विविध 3520200015042692879

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item