'वालवालीकाले हात धुन सिकाए'

http://sindhulidarpan.blogspot.com/2012/05/s_5246.html
मिनकुमार दाहाल,
सिन्धुली,वैशाख २९ ।
सिन्धुली,वैशाख २९ ।
सिन्धुलीको हर्षाही गाँउ विकास समितीमा रहेका दनुवार वस्तीका वालवालीकाले जिल्ला खानेपाली तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इन्जीनियर दिवाकर ढकालले हात धोएको भएन भन्दै वालवालीकाले इन्जीनियरलाई फेरी हात धुन आग्रह गर्दै सावुनले हात मिचिमिच धुन सिकाएका छन् ।
अस्ट्रियन रेडक्रशको सहयोगमा नेपाल रेडक्रश सोसाइटी सिन्धुुलीले हर्षाही गाविसको वसनिया गाँउको दनुवार वस्तीलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न प्रमुख अतिथि वनेर गएका खानेपानी कार्यालयका प्रमुख इन्जीनियर ढकालले हात धोएको भएन भन्दै पुन हात धुन लगाएका हुन । इन्जीनियर ढकालले खाना खानु अघि सावुन लगाएर हात धोएको हेरी रहेकी रविना दनुवार हाकीम साव तपाइले हात धोएको भएन भन्दै ढकाललाई हात धुन लगाएकी थिइन । खानाखानु अघि र खाना खाई सकेपछि सावुन पानीले माडीमाडी हात धुन इन्जीनियर ढकाललाई रविनाले सल्लाह दिइन । सावुन लगाएर हात मिचिमिच धोए झाडापखाल,आयु पर्ने जस्ता रोगहरु नलाग्ने रविनाले इन्जीनियरलाई वताइन ।
सिन्धुलीमा पिछडिएको जाति भनेर चिनिने दनुवार समुदायकी वालीकाले खुल्ला दिसा मुक्त घोषणा कार्यक्रममा गएका पाहुनाहरुलाई हात धुन सिकाउँदा अन्य अतिथीहरु दंङ्गपरे । रविना हर्षाही गाविसमा रहेको जनजागृति माध्यमिक विद्यालयको ७ कक्षामा पढ्छिन् । इन्जीनियर ढकाल मैले जागिर खाएको १५ वर्ष वढी भयो अहिले सम्म कसैले मलाई हात धोएको भएन भनेका थिएनन् इन्जीनियर ढकालले छक्क पर्दै भने । दनुवार वस्तीको एक वालीकाले हात धुन सिकाउनु सरसफाइ प्रति वालवालीका सचेत रहेको भनाई ढकालको छ । जिल्ला खानेपाली तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख इन्जीनियर ढकाल एक महिना अघि मेलम्ची खानेपानी आयोजनावाट सिन्धुली आएका थिए ।

हर्षाही गाविस–६ मा दनुवार जातिको मात्रै वसोवास रहेको छ । उनीहरुले प्रत्येक घरमा पक्की सौचालय वनाएका छन् । दनुवार समुदायले प्रत्येक घरमा सौचालय वनाएर खुल्ला दिसा मुक्त घोषणा गरेको कोसीका दनुवारले वताइन । पिछडिएको दनुवार समुदायको वस्ती सरसफाइमा हर्षाही गाविसकै नमुना भएको भन्दै गाविसले त्यहाँ गठन गरिएको सरसफाइ समितीलाई दश हजार रुपैयाँ प्रदान गरेको गाविस सचिव राजकुमार मगरले वताए ।
दनुवारको मात्रै वसोवास रहेको वसेनीया गाँउमा दनुवार वालवालीकाले रामदेव दनुवारको अध्यक्षतामा नमुना वाल क्लव गठन गरेका छन् । वसेनियामा खुल्ला दिसा पिसा कसैले गरे वाल क्लवले १ सय रुपैयाँ जरिवान गर्ने क्लवका अध्यक्ष रामदेव दनुवारले वताए । दिसा गरेको देख्नेलाई ५० रुपैयाँ पुरस्कार दिने निर्णय क्लवले गरेको छ । साँझ भए पछि वालवालीकाहरु सडकमा गस्ती गर्न निस्कने गरेको रामदेवले वताए ।
नेपाल रेडक्रश सोसाइटीको महिला स्वास्थ्य सुपरभाइजर कृष्णकुमारी धितालले दनुवार समुदायलाई सार्वजनिक स्थानमा सौचालय गर्नु हुँदैन भनेर सम्झाउन निकै कठिन भएको वताइन । सासु ससुरा कसैलाई सौचालय चाहिएन किन हामीलाई सौचालय चाहियो भन्ने गरेका दनुवार समुदायका महिलाहरु अहिले अन्यजातीलाई सौचालय वनाउन सिकाउदै हिड्न थालेको धितालले वताइन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !