किसानलाई बाँदरले सतायो

http://sindhulidarpan.blogspot.com/2012/05/s_5367.html
बैतडी,वैशाख ३० ।
बैतडीको दशरथचन्द नगरपालिका भित्रका विभिन्न स्थानमा लगाएको तरकारी, फलफूल बाँदरले सखाप पार्न थालेपछि किसानहरु हैरान भएका छन् । नगरपालिकाको वडा नं २,४,५ र ६ मा बाँदरले खेतमा लगाएको सबै तरकारी उखेलेको स्थानीय महेश जोशीले जानकारी दिनुभयो । फलफूलहरु सबै बाँदरले नष्ट गर्ने गरेको उहाँले बताउनुभयो ।
बाँदरले खेतमा लगाएको अन्नबाली, तरकारीबाली तथा फलफूल नष्ट गर्नथालेपछि बिहानदेखि साँझसम्म पहरा दिनुपरीरहेको स्थानीय कर्ण बहादुर चन्दले जानकारी दिनुभयो । खेतमा लगाएका केराका बोटहरु समेत बाँदरहरुले उखेलेको उहाँले बताउनुभयो । कोही घरमा नभएको बेलामा बाँदरहरु घरभित्र पसेर हैरान गर्ने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । खेतमा लगाएको गहुँबाली समेत बाँदरले नष्ट गरेको किसानहरुको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !