थामीको दोलखा बन्दका कारण जनजिवन प्रभावित

शेरबहादुर भुजेल,
दोखला,वैशाख ३० । 
नयाँ वन्ने संबिधानमा थाङ्मी स्वायत्त राज्यको माग गदै सिमान्तकृत थामी समुदायले आह्वान गरेको दोलखा बन्दका कारण जनजिवन प्रभावित भएको छ । बन्दका कारण आज बिहानै देखि दोलखा सदरमुकाम चरिकोट बजार, कलकारखना बन्द छन् भने निजि तथा सार्वजनिक यातायातका साधनहरु चल्न नसक्दा हजारौँ यात्रुहरुमा मारमा परेका छन् ।

 वन्दकर्ताहरुले एम्वुलेन्स र प्रेसका सवारी साधनलाई भने चल्न दिइएको छ । थाङ्मी स्वायत्त राज्य सघंर्ष समितिले दोलखाको भिमेश्वर नगरपालीका सहित उत्तरी १७ गाविस र सिन्धुपाल्चोकको १३ ओटा गाविस समेटेर आत्मनिणयको अधिकार सहितको थाङ्मी स्वायत्त राज्य घोषणा हुनुपर्ने, ऐतिहासिक पहिचानको आधारमा राज्यको पुनःर्संरचना गर्नुपर्ने, उद्यौली/उभौली भुमे पर्वमा सार्वजनिक विदा गर्नुपर्ने लगाएतका माग गर्दै आज दोलखा वन्दको आव्हान गरिएको समितिले जनाएको छ ।

 बन्द सफल पार्न आन्दोलनरत थामी समुदायका नागरिकहरु सदरमुकाम चरिकोट बजारका बिभिन्न स्थानमा भेला भएका छन् । यस अघि पनि चरणवद्ध आन्दोलन गर्दै आएको थाङ्मी स्वायत्त राज्य संघर्ष समितीले जेष्ठ ३ गते दवाव स्वरुप सविधन सभा भवन घेराउ गर्ने समितिका अध्यक्ष डम्बर बहादुुर थामीले जानकारी दिनुभयो ।

Related

विविध 8997814227310554265

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item