मधेसमा देखिएको समस्या हल हुन्छ: दाहाल

http://sindhulidarpan.blogspot.com/2012/05/s_730.html
काठमाडौँ, वैशाख ३० ।
एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा देखिएको पार्टीको समस्या हल गर्न पार्टीले केही दिनभित्रैमा कार्ययोजना ल्याउने बताउनुभएको छ । आज आफ्नै निवास नयाँ बानेश्वरमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरुसँगको भेटमा अध्यक्ष दाहालले पार्टीले तराईमा देखिएको समस्या हल गर्ने विषयमा वैज्ञानिक उपायहरुको खोज गर्ने र त्यसलाई पार्टी पदाधिकारीको बैठक बसी समाधान गर्ने बताउनुभएको एमाओवादीका सल्लाहकार जालिम मियाँले जानकारी दिनुभयो ।
सो अवसरमा भोजपुरा राज्य समितिअन्तर्गतका नेता तथा कार्यकर्ताहरुले तराई मधेसमा पार्टी शुद्धीकरणको कार्ययोजना ल्याउन, पार्टीलाई जनताको दैनिक जीवनसँग जोड्न र जनपक्षीयरुपमा स्थानीयस्तरका कार्यक्रमहरु ल्याउनका लागि आग्रह गरिएको सल्लाहकार मियाँले जानकारी दिनुभयो । भेटमा अध्यक्ष दाहालले पछिल्लो समयमा तराई मधेसमा पार्टीको सङ्गठन केही कमजोर भएको उल्लेख गर्दै त्यसलाई हल गरेर जाने पक्षमा पार्टी रहेको बताउनुभएको थियो । सो भेटमा मधेस ब्युरो इन्चार्ज गिरिराजमणि पोखरेल, भोजपुरा राज्य समिति सचिव अञ्जना विसुङ्खेलगायत एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !