गाउँको विकृति रोक्न महिलाको गस्ती

तनहुँ, वैशाख ३० ।
वर्षौंदेखि समाजमा जकडिएर रहेको जुवा तास र मदिरा सेवनजस्ता विकृतिलाई हटाउन तनहुँका महिलाले गस्तीका साथै जरिवाना नै तोकेका छन् । तनहुँको ब्यास नगरपालिका– ५ शान्तिनगरका आमाले  ब्यास अनन्त आमा समूह गठन गरी गाउँमा हुने विकृतिलाई हटाउन गस्ती र जरिवाना अभियान थालेका हुन् । 

दिनभर जाँड, रक्सी र जुवा तासमा रमेर बेलुका उल्टै घरमा आएर पुरुषले महिलालाई दुःख दिने र पटकपटक यसो नगर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आमा समूह नै गठन गरेर जरिवाना शुल्क तोकिएको समूहकी अध्यक्ष सुनिता पौडेलले बताउनुभयो । 

गाउँमा जुवा तास खेलाउनेलाई रु १० हजार र खेल्नेलाई रु पाँच हजार जरिवाना तोकिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘राति ८ः०० बजेभन्दापछि मदिरा खानेलाई रु पाँच हजार र बेच्नेलाई रु ५०० जरिवाना तोकिएको  छ तर हालसम्म जरिवाना गर्नुपर्ने अवस्था आएको छैन ।’ पुराना पुस्ताभन्दा पनि नयाँ  पुस्तामा जुवातास तथा मदिरा सेवनको समस्या बढी हुँदा समाजमा विकृति फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्न अभियान थालिएको समूहकी सचिव सरिता पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– महिलाहरु मिलेर बेलुकाको समयमा गस्तीका साथै अनुगमन पनि गर्ने गरेकाछौँ जसले गर्दा विकृतिमा धेरै न्यूनीकरण भएको छ । 

Related

विविध 7771985822829511243

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item