यु–१६ रोलबल खेलाडी भारत प्रस्थान

http://sindhulidarpan.blogspot.com/2012/05/s_1266.html
काठमाडौँ, वैशाख ३० ।
भारतको बेलगाउँ र गोवामा सञ्चालन हुने सोह्र वर्ष मुनिको यु–१६ अन्तर्राष्ट्रिय पुरुष तथा महिला रोलबल प्रतियोगितामा सहभागी हुन नेपाली खेलाडी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । प्रतियोगितामा महिलातर्फ १५ तथा पुरुषमा १० खेलाडी रहेका छन् । महिला खेलाडीहरुमा सुमी श्रेष्ठ (कप्तान), आकृति अधिकारी, नम्रता गोतामे, शीला कुँवर, स्वेता कुँवर, मनिषा थापा, शीतल सुवेदी, आश्मिन लेखक, दीक्षा रेग्मी, सुजाता खकुरेल, सोनु तुलाचन, सुजाना रिमाल, जस्मी पौडेल, सरु अमात्य र रोश्मा श्रेष्ठ रहेका छन् ।
त्यसैगरी पुरुष खेलाडीहरुमा मनोज बज्राचार्य (कप्तान), सतिश श्रेष्ठ, सुमन ओली, विशाल साप्कोटा, आश्विन ओझा, समिप गुरुङ, जुनिर ढकाल, प्रजुन श्रेष्ठ, सागर लामा तथा अभिषेक मानन्धर रहेका छन् । टोली व्यवस्थापकमा अर्पण पुरी तथा प्रशिक्षकत्रयमा सुनिल पाटिल, वीरकृष्ण महर्जन र हरिकृष्ण महर्जन रहेका छन् ।
प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र माल्दिभ्स गरी चार राष्ट्रको सहभागिता रहने नेपाल रोलबल सङ्घका अध्यक्ष वीरकृष्ण महर्जनले जानकारी दिनुभयो । नेपालले यसअघि हङकङमा भएको प्रथम एसियाली रोलबल च्याम्पियनसिप तथा भारतमा भएको प्रथम रोलबल विश्व च्याम्पियनसिपमा भाग लिएको थियो । दुवै प्रतियोगितामा नेपाल चौथो भएको थियो । यो खेल स्कटिङको सहयोगले बल भूइँमा उफारेर खेल्ने गरिन्छ ।
यसैबीच मलेसियाको क्वालालम्पुरमा हुने २० औँ गेरोगी तथा १६ औं पुम्से रेफ्री सेमिनारमा सहभागी हुन चार सदस्यीय नेपाली तेक्वान्दो रेफ्री टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । गेरोगी र पुम्से तेक्वान्दोकै विधाअन्तर्गत पर्छन् । सहभागीहरुलाई नेपाल खेलकुद महासङ्घका अध्यक्ष पुरुषोत्तम पौडेलले राष्ट्रिय तेक्वान्दो सङ्घको तर्फबाट ट्र्याकसुट हस्तान्तरण गर्दे बिदाइ गर्नुभएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !