अग्नि एयर दुर्घटनाः घाइतेको पहिचान खुल्यो (पछिल्लो विवरण)

http://sindhulidarpan.blogspot.com/2012/05/s_620.html
काठमाडौँ, जेठ १।
जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा आज बिहान दुर्घटनाग्रस्त अग्नि एयरमा यात्रारत छजना घाइते यात्रुको पहिचान खुलेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार घाइते हुनेहरुमा डेनिस गरिकद्वय आर एन्ड्रीअस र टी इमिली, दुई भारतीय बालबालिका तिरुमाला किदाम्बी श्रीवद्र्धिनी र तिरुमाला किदाम्बी श्रीपाद तथा विमान परिचारीका रोसनी हाइजु रहेका छन् । उनीहरु पाँचैजनाको अवस्था सामान्य रहेको र अस्पतालबाट उपचारपछि घर फर्कन लागेका छन् ।

अर्का भारतीय नागरिक तिरुमाला किदाम्बी श्रीकान्थको भने पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले जनाएको पनि प्राधिकरणले जनाएको छ । मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा मार्फा–५ को डाँडामा दाहिनेतिरको पङ्खाले छोएर अग्नि एयरको डोनियर विमान आज बिहान ९.५० बजे उक्त दुर्घटना भएको थियो ।
विमानमा दुई पाइलट, एक परिचारिका र १८ जना यात्रु थिए । दुर्घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !