एकल जातीय पहिचान चाहिन्छ :महासङ्घ

http://sindhulidarpan.blogspot.com/2012/05/s_3250.html
काठमाडौँ, जेठ १ । एकल जातीय पहिचानका आधारमा राज्यको पुनःसंरचना हुनुपर्ने मागसहित आदिवासी जनजाति महासङ्घले आज नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाललाई भेटी ध्यानाकर्षण गराएको छ ।
महासङ्घलगायत विभिन्न जातीय सङ्गठनका अध्यक्ष तथा पदाधिकारीहरुको एक समूहले आदिवासी जनजातिहरुको मागलाई संविधानमा समावेश गराउन एमालेका अध्यक्ष खनालको ध्यानाकर्षण गराएको महासङ्घका महासचिव आङकाजी शेर्पाले बताउनुभयो ।
सो अवसरमा अध्यक्ष खनालले आदिवासी जनजातिहरुका मागलाई जस्ताको त्यस्तै वार्ताको टेबलमा प्रस्ताव गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभएको महासचिव शेर्पाले उल्लेख गर्नुभयो । अध्यक्ष खनालले आफ्नो पार्टी पहिलेदेखि उत्पीडित तथा जनजातिको पक्षमा आवाज उठाउँदै आएको र यस विषयमा संवेदनशील भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेवाः देय दबूका अध्यक्ष नरेश ताम्राकार बताउनुभयो । भेटमा नेवार, राई, लिम्बु, तामाङ, मगर, थारु, गुरुङ, सुनुवारलगायत जातिका प्रतिनिधिहरुको सहभागिता थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !