सङ्घीयतालाई विकृत नबनाउन आग्रह

काठमाडौँ, जेठ १ । अखण्ड सेती–महाकालीको माग गर्दै विगत दुई हप्तादेखि सुदूरपश्चिमको बन्दले जनताको वास्तविक मागलाई बेवास्ता गरेकोप्रति सरकारलाई सचेत रहन एनेकपा (माओवादी) को सेती महाकाली राज्य समितिले आग्रह गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमाओवादीका सेती महाकाली राज्य समितिका इन्चार्ज धर्मेन्द्र बास्तोलाले निरर्थक बन्दको आह्वानले जनतामा सास्ती थोपर्दै गइरहेको बताउनुभयो । इन्चार्ज बास्तोलाले पार्टीको आधिकारिक धारणा अनुरुप सात जिल्ला समेटेर सेती–महाकाली प्रदेश र कैलाली कञ्चनपुरलाई थरुहट राज्यमा मिलाउनुपर्ने जिकिर गर्नुभयो ।

यसैबीच, कर्णाली स्वायत्त सङ्घर्ष समितिले सङ्घीयताको नाममा देशव्यापीरुपमा भइरहेको विरोधप्रति आपत्ति प्रकट गरेको छ । नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले यसैका आधारमा जातीय सद्भाव कायम गर्न र सबै वर्ग क्षेत्रलाई अधिकारसम्पन्न गराउँदा कोही कसैको अधिकार नखोसिने समेत सङ्घर्ष समितिले जनाएको छ ।  सङ्घर्ष समितिका संयोजक एवम् एमाओवादीका सभासद् नरेश भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा जातीय सद्भाव कायम राख्न र सङ्घीयतालाई विकृत बनाएर प्रस्तुत नगर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

Related

राष्ट्रिय 4936130024271459547

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item