६४ वर्षिय बृद्धद्धारा बालिका बलात्कृत

http://sindhulidarpan.blogspot.com/2012/05/s_7380.html
लमजुङ, जेठ १ । लमजुङमा ६४ बर्षिय एक बृद्धले सुस्तमनस्थिति भएकी एक जना १५ बर्षिया बालिकालाई बलात्कार गरेका छन् । गाउँशहर गाउँ विकास समिति वडा नम्बर ९ चिसापानीका ६४ बर्षिय मीनबहादुर गुरुङले गाउँकै १५ बर्षिय बालिकालाई बलात्कार गरेका हुन् ।
घरमा कोही नभएको समयमा मदिरा सेवन गरेका बृद्ध गुरुङले घरमा आएर कोठामा चुकुल लगाई मुख थुनेर आफूलाई जबरजस्ती करणी गरेको पीडित बालिकाले वताएकी छन् । पति संग राम्रो सम्बन्ध नभएपछि माईतीघरमा बस्दै आएकी बालिकाकी आमा खेतमा काम गर्न गएका बेला मदिरा खोज्दै आएका मिनबहादुरले घरमा रहेकी बालिकालाई कोठामा सुतिरहेको अवस्थामा देखेपछि जबरजस्ती गरेका थिए । आमा घरमा आउँदा अचेत अवस्थामा रहेकी बालिकालाई सोधखोज गर्ने क्रममा घटनाको रहस्य खुलेको हो ।
घटनाका बारेमा स्थानीय समुदायको भेलामा पीडक गुरुङले आफूले मदिरापानको नशामा घटना घटाएको स्वीकार गर्दै दुई बोत्तल मदिरा दिने भन्दै घटना गाउँमै मिलाइदिन आग्रह गरेको स्थनीयवासिन्दाले वताएका छन् । स्वास्थ्य परीक्षणका क्रममा बालिका बलात्कृत भएको लमजुङ जिल्ला सामुदायिक अस्पतालले समेत पुष्टि गरेको छ । स्थानीय समुदाय र परिवारले बलात्कार जघन्य अपराध भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटना गत बैशाख १० गतेको भए पनि प्रहरीले अनुसन्धान पूरा भएपछिमात्र सोमबारमात्रै सार्वजनिक गरेको हो । पीडक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक सुशील कुमार यादवले पीडक गुरुङले आफ्नो अपराध स्वीकार गरिसकेकाले कानून बमोजिम कार्वाही प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !