प्रधानमन्त्री मर्माहत

काठमाडौँ, जेठ १  । प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज बिहान मुस्ताङको जोमसोममा अग्नि एयरको विमान दुर्घटना भई  १५ जनाको निधन र छजनाको गम्भीर घाइते भएको खबरले आफूलाई मर्माहत बनाएको जनाउनुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले स्थानीय प्रशासन, सेना र प्रहरीलाई घाइतेको उद्धारमा तदारुकताका साथ जुट्न र उपचारमा कुनै कमी हुन नदिन निर्देशन पनि दिनुभएको छ । साथै, उहाँले उद्धार कार्यमा सघाउन सम्बन्धित सबैमा आग्रह पनि गर्नुभएको छ ।

Related

राष्ट्रिय 8982078985488308680

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item