नेपालको राजनीतिलाई कानुनले चलाउन थाल्यौ:महान्यायाधिवक्ता

भक्तपुर, जेठ १  । महान्यायाधिवक्ता मुक्ति प्रधानले नेपालको राजनीतिलाई कानुनले चलाउन थालेको आरोप लगाउनुभएको छ । नेपाल कानुन विद्यार्थी सञ्जालले आजदेखि भक्तपुरमा आयोजना गरेको नेपालका कानुनी विद्यार्थीहरुको तेस्रो वार्षिक राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले कानुनले राजनीतिलाई हस्तक्षेप गर्नु गलत एवम् दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।  उहाँले भन्नुभयो – कानुन र राजनीति फरक विषय हो । कानुनले राजनीतिलाई हस्तक्षेप गर्न हुँदैन ।

कानुन हरेक नेपालीले थाहा पाउनुपर्ने विषय भएकाले विद्यालय तहदेखि नै कानुनी शिक्षा राख्नु पर्ने बताउँदै उहाँले विश्वविद्यालयको अहिलेको शिक्षा सन्तोषजनक नभएको उल्लेख गर्नुभयो ।  कार्यक्रममा विभिन्न कानुनविद्हरुले नेपालमा कानुनी शिक्षाको अवस्थाबारे जानकारी दिनुभएको थियो ।  नेपालको संविधान निर्माण, मानवअधिकार, सुशासन, सूचनाको हकसम्बन्धी अधिकार र कानुनी विषयहरु कस्तो हुनुपर्छ भन्नेबारे सम्मेलनमा बृहत् छलफल हुने बताइएको छ ।  देशभरका करिब २०० कानुनका विद्यार्थीको सहभागिता रहेको उक्त सम्मेलन ३ गते सम्पन्न हुनेछ । 

Related

राष्ट्रिय 5583614433620453863

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item