बन्द माथि बन्द

 बर्दिया,जेठ १ । 
अखण्ड मध्यपश्चिमको माग गर्दै पाँच दिन देखिको अनिश्चितकालिन बर्दिया बन्द भैरहेको अवस्थामा थारु संयुक्त संघर्ष समितिले आज देखि आव्हान गरेको ५ दिने बन्दका कारण बर्दिया जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ । जातिय राज्यको विरोध र अखण्ड मध्यपश्चिमको माग गर्दै ४ दिनअघी देखि बन्द रहदै आएको बेला फेरि थारु संयुक्त संघर्ष समितिले बन्दको आव्हान गरेपछि बर्दियाको जनजीवन थप कष्टकर बन्दै गएको हो । चितवनदेखि पश्चिम कञ्चनपुरसम्म थरुहट÷थारुवान स्वायत्त प्रदेश घोषण गर्नुपर्ने, जेठ १४ मै संविधान जारी गर्नुपर्ने लगायतका माग गर्दै समितिले बन्दको आव्हान गरेको हो ।    

बन्दका कारण बाटोमा अलपत्र परेका यात्रुहरु आफ्नो गन्तब्य स्थान तर्फ पैदलै भएपनि बाटो लागेका छन् भने केहीले दशौं गुण बढी भाडा रकम तिरेर रिक्सा र टाँगाको माध्यमबाट गन्तव्य तिर हिड्न बाध्य भएका छन् । 
यस्तै समर्थन र विरोधमा भएका प्रदर्शनले सामाजिक सद्भाव र एकता खल्बलिएको भन्दै स्थानीय शान्ति समिति बर्दियाले आज शान्ति र सदभावका लागि गुलरियामा ¥याली निकालेको छ । ¥यालीमा शान्ति र सद्भाव कायम गर, संघिय लोकतन्त्र जिन्दावाद लगायतका नारा लगाई गुलरिया बजार परिक्रमा गरी राधाकृष्ण चोकमा कोषसभामा परिणत भएको थियो ।

Related

विविध 8954736299683580061

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item