आतंकित नबन्न प्रधानमन्त्रीको आग्रह

http://sindhulidarpan.blogspot.com/2012/05/s_6684.html
काठमाडौ, १८ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईले न्यायाधीश रणबहादुर बम माथिको गोली प्रहारको घटना राज्यसत्ता माथिकै प्रहार भएको बताएका छन् ।
प्रधानमन्त्री भट्टराईले आज शोक वक्तव्य जारी गरेर अपराधीहरुलाई छिटो भन्दा छिटो पत्ता लगाएर हदै सम्मको कारबाही गरिने प्रतिवद्धता जनाएका छन् । ‘यो अवस्थामा कसैलाई पनि आतंकित नहुन आग्रह गर्छु,’ उनले भनेका छन्, ‘राज्यले सम्पूर्ण सुरक्षाको प्रत्याभूति गर्ने प्रतिवद्धता व्यक्त गर्छ ।’
प्रधानमन्त्री भट्टराईले प्रधानन्यायाधीश लगायतका न्यायाधीशहरुको सुरक्षामा विशेष ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले देशको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उच्च सतर्कता सहित काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसैवीच, न्यायाधीश बमलाई गोली प्रहार गरेर हत्या गरिएको घटनाको विभिन्न राजनीतिक दल, अधिकावादी संघ, संगठनहरुले भत्र्सना गरेका छन् । कांग्रेस, एमाले राष्ट्रिय मानव अधिकार आयोग लगायतले वक्तव्य जारी गरेर घटना अत्यन्तै दुःखदायी भएको जनाएका छन् । उनीहरुले दोषीलाई तत्काल पक्राउ गरेर हदै सम्मको कारबाही गर्न समेत माग गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !