उपेन्द्र र शरतसिंह मधेस विरोधी

काठमाडौं, जेठ १६ । संविधानसभा विघटनसँगै बृहत मधेसी मोर्चामा संकट देखापरेको छ । मोर्चाका नेताहरुवीच आरोप प्रत्यारोप शुरु भएपछि सो अवस्था आएको हो । सरकारले नयाँ संविधानसभाका लागि निर्वाचनको घोषणा गरेपछि सत्तारुढ एमाओवादी सहितका केही दलमा आवद्ध मधेसवादी नेताहरुले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिकका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई मधेस विरोधीको आरोप लगाएका हुन् ।  
मोर्चामा आबद्ध एमाओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल र गणतान्त्रिक फोरमका नेताहरुले आज राजधानीमा संयुक्त पत्रकार सम्मेलन गरेर मोर्चाका सदस्य यादव र भण्डारी संघीयता विरोधी कार्यमा संलग्न रहेको आरोप लगाए । सरकारले घोषणा गरेको निर्वाचनको निर्णय विरुद्ध कांग्रेस, एमाले लगायतका दलहरुसँग मिलेर राष्ट्रपतिलाई भेटगरी मोर्चाको आचार संहिता विपरित अभिव्यक्तिको भन्दै उनीहले मधेस र मधेसीप्रति व्यापार गरेको आरोप लगाएका छन् ।
जेठ–१४ पछि मुलुकको बदलिदो परिस्थितिबारे मोर्चाको पूर्ण बैठक बस्न अनुरोध गर्दा समेत बैठक नबोलाएको भन्दै उनीहरुले यादव र भण्डारीलाई द्वैध चरित्र देखाएको आरोप लगाए । ‘मोर्चाको स्थापित मूल्य र मान्यता विपरित संघीयता र मधेसविरोधी तत्वहरुसँग साँठगाँठ गरी मधेस र मधेसीको नाममा व्यापार गर्नेहरुसँग सजग रहन आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ, ‘जेठ–१४ गते मध्यराति राष्ट्रपतिलाई भेटगरेर कांग्रेस, एमाले, राजपालगायत अन्य दलहरुसँग मिलेर बृहत मधेसी मोर्चाको नाममा संयुक्त वक्तव्य बुझाएको सम्बन्धमा गम्भीर बनाएको छ ।’संयुक्त पत्रकार सम्मेलन गर्नेमा एमाओवादीका नेता प्रभु साह, रामरिझन यादव, रामकुमार शर्मा, भरत साह, तमलोपा नेपालका प्रवक्ता राम अशिस गुप्ता, फोरम गणतान्त्रिकका आत्मा राम प्रसाद साह रहेका छन् ।

Related

राष्ट्रिय 5933077999540943929

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item