फेसबुकका संस्थापक मार्क जुकरबर्ग रोममा हनिमुन मनाउदै (तस्विर सहित)

http://sindhulidarpan.blogspot.com/2012/05/s_7375.html
ऐजेन्सी,जेठ १६ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग गतिखेर आफ्नी २७ वर्षीया पत्नीसँग रोममा हनिमून मनाइरहेको खुलासा भएको छ । यो खुलासा इटालीको रोम पुगेका एक पर्यटकले तस्विरहरुसहित पुष्टि गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरहरुका अनुसार यी तस्विरहरु एक पर्यटकले भेटिकनमा खिचेका हुन् । जुन उनले आफ्नो ट्वीटरमा राखेका थिए । रोममा नवविवाहित मार्क र उनका पत्नी आइतबार एक रेस्टुरेन्टमा देखिएका थिए । दुबैले त्यहाँ रोमका सवशेष खानाको मज्जा लिएका थिए ।
१९ मे २०१२ मा मार्क जुकरबर्गले आफ्नी ग्रलफ्रेण्ड प्रिसिला चानसँग अमेरिकाको क्यालिफोर्नियास्थित घरमा नीजि समारोहमा विवाह गरेका थिए । विवाहमा एक सयभन्दा पनि कम पाहुनाको सहभागिता थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !