सिन्धुलीका श्रष्टाहरु पुस्तकमा

एलएल घिमिरे,काठमाण्डौ,जेठ १६ ।  प्रा. कुलप्रसाद कोइरालाले सिन्धुलीमा जन्मेर साहित्य सिर्जनामा सक्रिय भएकाहरूको व्यक्तित्व÷कृतित्व पुस्तकमा समेटेका छन् । ‘सिन्धुलीका स्रष्टा’ साहित्यकार कुलचन्द्र कोइरालाको १९ औं स्मृति सभामा गएको शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काइ“लाले सार्वजनिक गर्नुभयो  । कुलचन्द्र स्मृति प्रतिष्ठानले कोइरालाको हरेक स्मृति दिवसमा कुनै न कुनै कृति सार्वजनिक गर्दै आएको छ ।
‘सिन्धुलीका स्रष्टा’ मा सिन्धुलीमा जन्मेका र सिन्धुलीलाई कर्मथलो बनाएका तथा कम्तीमा एउटा पुस्तकाकार कृति प्रकाशन गर्नेहरूलाई समेटेको लेखक कोइरालाले बताउनुभयो । ‘सिन्धुलीमा जन्मे पनि जिल्लालाई बिर्सनेहरूलाई भने मैले पनि सम्झेको छैन,’ उहाँले भन्नुभयो  । उक्त पुस्तकबारे प्रा. ब्रतराज आचार्य र साहित्यकार भुवन ढुंगानाले टिप्पणी गर्नुभएको थियो ।  
उक्त अवसरमा कोशकार टीकादत्त बराललाई सम्मान समेत गरिएको थियो । । बरालको हालै ‘तत्सम नेपाली व्युत्पत्ति शब्दकोश’ बजारमा आएको छ, जुन संस्कृत शब्दहरूको व्युत्पत्तिबारे नेपाली भाषामा प्रकाशन भएको छ । 



Related

फोटोखबर 4298504009481737755

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item