खरीदार पदको परीक्षा स¥यो

भोजराज कोइराला,महोत्तरी,जेठ १६ । १४ गते अघि लामो समयसम्म भएको बन्द हड्तालले गर्दा तयारी नपुगेपछि लोकसेवा आयोगले यही जेठ १९ र २६ गते देशभर लिन लागेको खरिदार पदको समावेशी तथा खुल्लातर्फको लिखित परीक्षा सारेको छ । आयोगले यही जेठ १९ गते लिन लागेको खरिदार पदको समावेशी तर्फको लिखित परीक्षा आउँदो असार १५ र १६ गतेका लागि सारेको हो । 


यस्तै आयोगले यही जेठ २६ गते लिन लागेको खरिदार पदको खुल्लातर्फको लिखित परीक्षा असार २२ र २३ गतेका लागि सारेको छ । जेठ १४ अघि लामो समयसम्म भएको बन्द हड्तालले गर्दा आवश्यक तयारी नपुगेका कारण परीक्षाको मिति सार्नु परेको आयोगको जनकपुर अन्चल कार्यालयका शाखा अधिकृत दिनेश शाहले जानकारी दिनुभयो । 


उम्मेदवारहरुले सम्बन्धीत जिल्ला हुलाक कार्यालयमा दिएको दरखास्त फारम संकलन गरेर आयोगकोक्षेत्रीय निर्देशनालय तथा अंचल कार्यालयमा जम्मा गर्ने काम अझै सम्पन्न नभएको अधिकृत शाहले बताउनु भयो । आयोगले गएको फागुन २४ गते खरिदार पदका लागि समावेशी तथा खुल्ला तर्फ देशभर दरखास्त आह्वान गरेको थियो । 

Related

विविध 2830078724974099975

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item