प्रेस चौतारी चितवनका अध्यक्ष नेपाललाई कुटपिट

 चितवन,वैशाख २९ ।
बन्दमा मोटरसाईकल चलाएको भन्दै प्रदर्शनकारीले पुर्वी चितवनको बकुलहर चोकमा प्रेस चौतारी चितवनका जिल्ला अध्यक्ष शालिकराम नेपाल माथि आज बिहान कुटपिट गरेका छन् । बा ३१ प ५५५५ नम्बरको मोटर साईकलमा सवार पत्रकार नेपाललाई सडक अवरुद्ध गरिरहेका प्रदर्शनकारीले बीच बाटोमै रोकेर कुटपिट गरेका हुन् ।  आफू पत्रकार हु भन्दै प्रेसको कार्ड देखाउदा पनि उनीहरुले नछोडेको नेपालको भनाइ छ । 

मोटरसाईकलमा बन्दकर्ताहरुले तोडफोड गर्नुको साथै अपशब्द प्रयोग गरेका छन् ।  बन्दकर्ताहरुले नै पत्रकार नेपालको मोटरसाईकलको चावी र प्रेस कार्ड नियन्त्रणमा लिएका छन् । यसैबीच घटनाको प्रेस चौतारी नेपालले भत्सना गरेको छ । बन्दकै समाचार प्रसारण गर्ने सन्चारकर्मी माथि भएको दुर व्यवहार राम्रो नभएको बताइएको छ । तर  बन्दकर्ताले भने आन्दोलनको आफ्नो नयाँ शैली अनुसार सडकमै घेरा बनाई प्रदर्शन गरेको ठाउँमा पत्रकार मोटरसाइकल चलाएर आएकोले घटना भएको बताएका छन् ।

Related

विविध 6315038701051913959

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item