‘राजनीतिक परामर्श निष्कर्ष विहिन’

http://sindhulidarpan.blogspot.com/2012/05/s_7058.html
काठमाडौं, वैशाख ३० ।
गैरजातीय संघीय राज्यमा छलफल चलाउन सुरु गरेका प्रमुख दलहरुले नयाँ संविधानका विवातिद विषयमा अझै ठोस सहमति जुटाउन सकेका छैनन् । राज्य पुनर्संरचना र शासकीय स्वरुपमा विवादित विषयमा सहमतिका लागि छलफल गरेपनि ठोस निष्कर्ष निकाल्न नसकेको नेताहरुको भनाई छ । राजधानीमा आज विहान भएका प्रमुख तीन दलका दुई पक्षीय छलफलमा विशेष गरेर संघीय राज्यको नाम, सीमाङकन र संख्याका बारेमा परामर्श भएका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा लाजिम्पाटमा एमाओवादी र कांग्रेसका शीर्ष नेतृत्ववीच राज्य पुनर्संरचनाका विषयमा छलफल भएपनि ठोस सहमति भने हुन नसकेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘राज्य पुनर्संरचनामा छलफल चलिरहेको छ, ठोस सहमति भईसकेको छैन, सहमति हुन्छ ।’
एमाओवादी र कांग्रेसवीच प्रदेशका नाम, सीमाङकन र संख्याका विषयमा छलफल भएको हो । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुका बीच राज्य पुनर्संरचनाका विषयमा छलफल भएपनि ठोस निर्णय हुन नसकेको बताए । दलहरुका वीच विशेष गरेर राज्य पुनर्संरचना, शासकीय स्वरुपमा विवाद छ ।
यसैबीच, राज्य पुनर्संरचनाका विषयमा कांग्रेसले एमालेसँग पनि आजै परामर्श गरेको छ । संघीय राज्य र शासकीय स्वरुपमा छलफल भएपनि ठोस सहमति नभएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए । उनले भने, ‘औपचारिक÷अनौपचारि छलफल जारी छ, सहमति छिट्टै आउ छ ।’ यस अघि शुक्रबार बेलुका बसेको प्रमुख चार दलको बैठकमा गैरजातीय संघीय राज्य र संख्याका बारेमा छलफल भएको थियो । यद्यपी सहमति भने हुन सकेको थिएन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !