जातीय एकताका लागि :सदभाव ¥याली

http://sindhulidarpan.blogspot.com/2012/05/s_7799.html
इटहरी, जेठ २ । जातीय सङ्घीयता, सङ्घीय राजधानी र तोकिएकै समयमा संविधान निर्माण गर्न दबाब सिर्जनाका लागि जारी आन्दोलनले जातीय सद्भाव खलबलिन सक्नेतर्फ सचेत गराउन सदभाव ¥याली निकाल्न थालिएको छ ।
जातीय सद्भाव खलबलिने खालका घटनाहरू बाहिर आउन थालेपछि इटहरी जेसिजले यहाँ जातीय सदभावलाई अटुट कायम राखाँै भन्दै सद्भाव ¥याली निकालेर आम जनतालाई आपसी एकतालाई कसैले भत्काउने कार्य नगरौँ भत्रे आग्रह गरेको छ ।
इटहरी नगरपालिकाको प्राङ्गणबाट निक्लिएको जातीय सद्भाव ¥यालीले इटहरी नगरको मुख्यमुख्य चोकको परिक्रमा गरी कोणसभामा परिणत भएको थियो । कोणसभामा विभित्र राजनीतिक दलका स्थानीय नेताहरूले तोकिएकै समयमा जनसंविधान जारी गराउनका लागि गरिँदै आएको दबाबमूलक आन्दोलनलाई जातीय सद्भाव बिथोल्न ढङ्गले अघि बढाउन नहुनेमा जोड दिएका छन् ।
कोणसभामा नेपाली काँग्रेसका नगर अध्यक्ष हेमकर्ण पौडेल, नेकपा (एमाले)का नगर अध्यक्ष यमकुमार सुब्वा, एनेकपा (माओवादी)का नगर इन्चार्ज नरिन सुब्बा, नागरिक समाजका अध्यक्ष राजेश श्रेष्ठलगायतले जातीय सद्भावका लागि संवेदशील हुनुपर्ने बताउनुभयो । यसैगरी सुनसरीको सदरमुकाम इनरुवामा पनि प्राध्यापक, वकिल, नागरिक समाज, शिक्षक र सर्वसाधारणसमेतको सहभागितामा सद्भाव ¥याली प्रदर्शनका साथै जातीय विखण्डनविरुद्ध कसैले काम नगर्न खबरदारी गर्ने गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !