भक्तपुरको गाउँगाउँमा पर्यटकीय सडक विस्तार तीव्र

भक्तपुर, जेठ २ । डिभिजन सडक कार्यालय भक्तपुरले भक्तपुरका ग्रामीण क्षेत्रहरूलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले यस वर्ष गाउँगाउँमा पर्यटकीय सडक विस्तार कार्य सुरु गरेकोे छ ।
ग्रामीण क्षेत्रको विकासको मुख्य पूर्वाधार सडक भएको र त्यसमाथि पनि ग्रामीण क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएकाले यसवर्ष पर्यटकीय सडक विस्तार एवम् निर्माणमा प्राथमिकता दिएर कार्य गरेको कार्यालयका प्रमुख अशोक तिवारीले बताउनुभयो । 

कार्यालयले पर्यटकीय गन्तव्य बनेको नगरकोटबाट साँखुखण्डको भट्टेडाँडा कात्तिकेसम्मको सडकखण्ड विस्तार कार्य सुरु गरेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष निरन्तर रूपमा विस्तार गर्दै लैजाने यस सडकका लागि यस वर्ष रु २३ लाख बजेट विनियोजन गरेको बताउँदै उहाँले सडक निर्माणसँगै पर्यटकीय आगमन पनि यस क्षेत्रमा बढ्दै गएको दाबी गर्नुभयो ।

त्यसैगरी धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको भक्तपुरको तेलकोटबाट छालिङ गाविसस्थित पञ्च महालक्ष्मी मन्दिर हुँदै साँखु–काठमाडौँ जोड्ने सडक निर्माण सम्पत्र गरिएको छ । यस वर्ष रु २३ लाखको लागतमा यो सडकको कालोपत्र गर्नेकार्य, टेवा पर्खाल निर्माण गर्ने कार्य र ड्रेन निर्माण गर्ने कार्य सुरु भएको प्रमुख तिवारीले बताउनुभयो । 
पर्यटकीय सडक कै रूपमा रहेको भक्तपुर सल्लाघारीबाट दरबार स्क्वायर जाने सडक विस्तार गर्ने र फुटपाथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  त्यस्तै बिग्रिएर जीर्ण बनेको भक्तपुर कमलविनायक हुँदै नगरकोट जाने सडक निर्माण सुरु भएको छ । रु दुई करोड ५० लाखको बजेट विनियोजन गरेको योे सडक विस्तारसँगै ड्रेन र फुटपाथ निर्माण गरिने बताउनुभयो ।

Related

प्रमूखखबरहरु 8145084257952504489

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item