बन्दले जनजीवन अस्तव्यस्त

http://sindhulidarpan.blogspot.com/2012/05/s_2539.html
नेपालगन्ज, जेठ २ । विगत १० दिनदेखि विभित्र राजनीतिक दल, पेसागत सङ्गठन तथा सङ्घर्ष समिति र समूहको नाममा हुने गरेको निरन्तरको बन्द, हडताल, चक्काजामले पश्चिम नेपालका नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ ।
अखण्ड मध्य र सुदूरपश्चिम सङ्घर्ष समिति, मधेसवादी दल, संयुक्त मोर्चा र अन्य समूहको बन्दले आक्रान्त बनेको यस क्षेत्रमा पुनः थारू संयुक्त सङ्घर्र्ष समिति र आदिवासी जनजाति महासङ्घले सोमबारदेखि पश्चिम तराईका २२ जिल्लामा पाँचदिने बन्द आह्वान गरेपछि यहाँका नागरिकको जनजीवन थप पीडादायी बनेको छ ।
– ३ –
बन्दका कारण यस क्षेत्रका नागरिकको भान्सामा अति उपभोग्य सामानको अभाव भएको छ भने विशेषतः विद्यार्थी, उद्योगपति, व्यापारी, दैनिक श्रम गरी साँझ–बिहान हातमुख जोर्ने नागरिक सबैभन्दा बढी मर्कामा परेका छन् ।
त्यसैगरी, कामविशेषले आफ्नो थाकथलोबाट विदेशिएका नागरिक सार्वजनिक यातायातको साधन नगुड्दा गन्तव्यमा पुग्न नपाएर इन्तु न चिन्तुको अवस्थामा पुगेका छन् । लगातारको बन्द तथा हडतालले नेपालगन्जको उद्योग, व्यापारको अवस्था अत्यन्त नाजुक बन्दै गएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अनुसार, बन्दका कारण नेपालगन्जमा मात्र एक दिनमा रु एक करोडभन्दा बढी आर्थिक घाटा हुने गरेको छ ।
यहाँका बैकिङ तथा वित्तीय संस्थाहरू पनि बन्दका कारण सञ्चालनमा आउन नसकेपछि नोटको अभाव हुनुका साथै आयात, निर्यात पनि ठप्प हुन पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । लगातारको बन्दका कारण भारतबाट आयात गरिएका दैनिक उपभोग्यलगायतका सामग्रीका मालवाहक ट्रकहरू नेपालगन्ज भन्सार सडक छेउमा लामबद्ध भएर रोकिएका छन् । नेपालगन्ज भन्सार कार्यालयमा अहिले राजस्व सङ्कलन अत्यन्त न्यून भएकाले लक्ष्य अनुसार राजस्व सङ्कलन नहुने अवस्था सिर्जना भएको जनाइएको छ ।
बन्दका कारण पूर्व—पश्चिम राजमार्गमा छोटो तथा लामो दूरीका कुुनै पनि सवारीसाधन सञ्चालन आउन नसकेको बाँके जिल्ला कोहलपुरस्थित मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसैबीच, बाँके जिल्लाका अधिकारकर्मीले जारी आमहडतालले आमनागरिकलाई सास्ती बनाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
मानवअधिकार सञ्जाल नेपालगन्जको आज बसेको बैठकले यहाँ प्रकाशित गरेको प्रेस विज्ञप्तिमा संविधान निर्माण गम्भीर मोडमा पुगेको अवस्थामा आ–आफ्ना मागहरू राखी शान्तिपूर्ण दबाब तथा गतिविधि गर्न पाउने नागरिकको अधिकार भए पनि नागरिकलाई नै दुःख हुनेगरी गरिएको बन्द, हडताल, चक्काजाम उचित नभएको उल्लेख गरिएको छ ।
‘नागरिकको निर्वाध आवागमन, पेसा व्यवसाय सञ्चालन गर्न पाउने तथा शिक्षा, स्वास्थ्यलगायतका सेवा पाउने अधिकार बन्दका कारणले कुण्ठित हुन गएकोतर्पm सम्बद्ध पक्षलाई गम्भीर हुन ध्यानाकर्षण गराउँदछौ’— सञ्जालको विज्ञप्तिमा भनिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !