भूतपूर्व विद्यार्थीबाट एक महिनाको तलब विद्यालयलाई

फलेवास (पर्वत),  जेठ २ । सामुदायिक विद्यालयहरूले आर्थिक स्रोत जुटाउनका लागि विभित्र उपाय खोज्छन् । कसैले महायज्ञ लगाउँछन त कसैले स्वेच्छिक चन्दा बोलेर सहयोग जुटाउने गर्छन् । तर पर्वत जिल्लाको सबैभन्दा पुरानो भवानी विद्यापीठ उच्चमाविले विज्ञान सङ्काय सञ्चालन गर्नका भूतपूर्व विद्यार्थीबाट एक महिनाको तलब सङ्कलन गर्ने अभियान सञ्चालन गरेको छ ।
विद्यालयले चालु शैक्षिकसत्रबाट उच्चमावि तहमा विज्ञान संकाय सञ्चालन गर्न भूतपूर्व विद्यार्थीबाट एक महिनाको तलब सहयोग उठाउन थालेको हो । एक करोड नगद सङ्कलन गर्ने लक्ष्यसहित भूतपूर्व विद्यार्थीसँग सहयोग मागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ शर्माले बताउनुभयो । अभियानअन्र्तगत अहिलेसम्म २५ लाख रुपैयाँ सङ्कलन भइसकेको छ भने धेरै भूतपूर्व विद्यार्थीले सहयोग गर्ने अभियान जारी राखेका छन् ।

विद्यालयले सहयोग सङ्कलनका लागि सबै पूर्व विद्यार्थीलाई पत्र र राष्ट्रिय सञ्चार माध्यमबाट विज्ञापन गरी अनुरोध पठाएको छ । जागिरेलाई एक महिनाको तलब र अन्य पेसा व्यवसायीलाई सकेसम्म एक महिनाको आम्दानी दिन अनुरोध गरिएको विद्यालयले जनाएको छ । नसक्नेले १५ दिनको भए पनि तलब दिइरहेका छन् ।
विद्यालयको अभियानमा अहिलेसम्म भूतपूर्व विद्यार्थी र प्रध्यानाध्यापकसमेत रहेका राष्ट्रिय जना आयोगका पूर्व अध्यक्ष डा. पीताम्बर शर्माले २५ रोपनी जमिन र २ लाख रुपैयाँ नगद सहयोग गरेका छन् । ‘सबैले यसलाई नयाँ मोडेलका रूपमा लिएका छन्’ अध्यक्ष शर्माले भत्रुभयो– आफूलाई कर्म दिने विद्यालयलाई सानो सहयोग गर्नुपर्छ भत्रे भावना सबैमा पाएका छौ’ उहाँले भत्रुभयो । भवानीविद्यापीठ उच्चमाविका शिक्षकले एक महिनाको तलब जम्मा गरिसकेका छन् । 

विसं २०१० मा पर्वत जिल्लामा पहिलो विद्यालयको रूपमा स्थापना भएको भवानी विद्यापीठ उच्चमाविबाट २०२० साल देखि एसएलसी उत्तीर्ण हुन थालेका थिए । २०२० सालदेखि २०६७ सालसम्म दुई हजार ५५७ जनाले यो विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका अध्यक्ष अध्यक्ष शर्माले बताए । एसएलसी उत्तीर्ण गरेका मध्ये मुलुकका प्रशासनिक, न्यायिक, प्राज्ञिकलगायतका क्षेत्रमा सयौ जना उच्च ओहोदामा रहेका छन् । अहिले पनि १०० भन्दा बढी उच्च तहका अधिकृत, डाक्टर, इन्जिनियर रहेका र विदेशमा समेत उल्लेख्य रूपमा दक्ष जनशक्ति रहेका छन् । ‘सबै पूर्व विद्यार्थीले सकारात्मक रूपमा अभियानलाई लिएका छन’ उहाँले भत्रुभयो ‘यसले गर्दा एक करोड भन्दा बढी सहयोग सङ्कलन हुने अपेक्षा राखिएको छ’ अध्यक्ष शर्माले भत्रुभयो । 
अहिलेसम्म व्यवस्थापन र मानविकी शास्त्रमा उच्चमाविको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले विज्ञान संकाय सञ्चालनकै लागि ५५ लाखको लागतमा आठकोठे भवन निर्माण गरेको छ । अहिले शिक्षा मन्त्रालयलगायतका निकायमा विज्ञानको उच्चस्तरीय ल्याब बनाउन प्रस्ताव गरिएको छ ।

Related

राष्ट्रिय 5620117692726317184

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item