दुर्लभ भाले जातिको अर्ना सङ्कटमा

http://sindhulidarpan.blogspot.com/2012/05/s_6176.html
सप्तरी, जेठ २ । कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्र पाइने दुर्लभ भाले जातको अर्ना सङ्कटमा परेको छ ।
आरक्ष प्रशासन र आरक्षको सुरक्षार्थ खटिएको सेनाको बेवास्ताका कारण भाले अर्ना सङ्कटमा परेको हो । सन् २००४ मा आरक्ष प्रशासनले गरेको गणनामा अर्नाको सङ्ख्यामध्ये ५४ वटा भाले जातको अर्ना भेटिएको थियो ।
तर हालै गरेको गणनाका क्रममा विगतको तुलनामा यसवर्ष अर्नाको सङ्ख्यामा वृद्धि भएपनि भाले जातको अर्नाको सङ्ख्यामा कमी आएको आरक्षका वार्डेन अशोक रामले जानकारी दिनुभयो ।
यस वर्षको गणनाका क्रममा ३४ वटा भाले जातको अर्ना मात्र फेला परेको छ । दुर्लभ जातको अर्नाको पनि भाले जातिको अर्नाको नसल सुधार तथा अर्नाको सङ्ख्या वृद्धिका लागि प्रजननमा महत्वपूर्ण भूमिका हुन्छ ।
अर्नाको सङ्ख्या बढनु राम्रो पक्ष भए पनि सन्तान वृद्धिका लागि महत्वपूर्ण मानिएको भाले जातको अर्ना कम हँुदै जानु चुनौतीको विषय बनेको र भाले अर्नाको संरक्षणका लागि राज्य र सरोकारबाला गम्भीर भएर लाग्नुपर्ने वार्डेन रामले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !