सरकार असंवैधानिक : कांग्रेस

http://sindhulidarpan.blogspot.com/2012/05/s_8488.html
काठमाडौं, जेठ १६ । नेपाली कांग्रेसले संविधानसभा विघटनसँगै बर्तमान सरकार असंवैधानिक भएको निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले सरकारले तत्काल राजीनामा दिएर सहमतिको वातावरण निर्माण गर्नुपर्ने जनाएको छ । अन्य दलहरुसँगको सहमति विनानै नयाँ संविधानसभाका लागि निर्वाचन घोषणा गरेकोमा कांग्रेसले असहमति जनाएको छ ।
प्रधानमन्त्रीको राजीनामा आएपछि निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने माग गरेको कांग्रेसले जनाएको छ । बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा समूहको भने अनुपस्थित रहेको थियो । यद्यपी देउवा समूहका मानिने केन्द्रीय सदस्य खुमबहादुर खड्का, डा.मिनेन्द्र रिजाल लगायतका नेताहरुको भने बैठकमा सहभागिता रहेको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !