सिन्धुलीमा भलिवल प्रतियोगिता

उमा पौडेल,सिन्धुली,जेठ १६ । सहनसिल युवा क्लब रानीचुरी ७ मोरंगेटारको आयोजनामा भएको  अन्तर गाबिस स्तरीय भलिबल प्रतियोगिताको उपाधि सहनसिल युवा क्लब रानीचुरीले हात पारेको छ । गणतन्त्र दिबसको अवसरमा आज भएको प्रतियोगितामा दियालो युवा क्लब रानीचुरी ५ जरायोटार द्धितिय र कालीका उमाबि जरायोटाले तृतिय स्थान हात पारेका छन् ।

 खेलमा रानीचुरी गाबिसका बिभिन्न क्लब र स्कुल गरी ४ टिमको सहभागिता रहेको थियो । गाउ बिकास समिति र सिवालय सामुदायीक बन उपभोक्ता समितिको आर्थिक सहयोगमा खेल सम्पन्न गरीएको हो । राम्रो खेल खेलेको भन्दै  आयोजक टिमका प्रदीप कार्कीलाई पुरस्कृत समेत गरिएको थियो ।

Related

प्रमूखखबरहरु 2771472618507844975

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item