सहमतिका लागि म तयार छुः प्रधानमन्त्री

http://sindhulidarpan.blogspot.com/2012/05/s_9484.html
काठमाडौ, जेठ १६ । राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री बावुराम भट्टराईवीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान डा.यादवसँग भएको भेटमा प्रधानमन्त्री भट्टराईले राजनीतिक दलहरुका वीच सहमतिको वतावरण बनाएर अगाडि बढ्ने बताउनु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भट्टराईले भन्नुभयो, ‘संविधानसभाको विघटन भएर अर्को नयाँ संविधानसभाको निर्वाचन हुन्छ भन्ने संवैधानिक प्रावधान संविधानमा नभएकाले अब हामीले सहमतिको बाटो खोज्दै अगाडि बढ्नु पर्छ ।’
सबै राजनीतिक पार्टीहरुवीच सहमति कायम गर्दै अगाडि बढेर राष्ट्रिय सहमतिको वतावरण बनाउन आफूले प्रयत्न गरेको प्रधानमन्त्री भट्टराईको भनाई थियो । उहाँले आफ्नो प्रयत्नमा राष्ट्रपतिले सहयोग गर्नु पर्नेमा समेत आग्रह गर्नु भएको छ । राष्ट्रपति डा.यादवले आफ्नो तर्फबाट सरकारलाई सहयोग रहने बताउँदै दुबै संस्थाले संवैधानिक मर्यादा कामय गर्दै दलहरुका बीच सहमति कायम गरेर अगाडि बढ्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो । ‘सरकार प्रमुखको हैसियतले तपाईलाई मेरो पनि सहयोग हुन्छ,’ राष्ट्रपति डा.यादवले भन्नुभयो, ‘राष्ट्रिय सहमतिको वातावरण बनाएर जानुस् ।’
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !