नेपालका बारेमा चीन र भारतको चासो

http://sindhulidarpan.blogspot.com/2012/05/s_2964.html
काठमाडौं, जेठ १६ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग चिनियाँ राजदूत याङ्ग होउलान र भारतीय राजदूत जयन्तप्रसादले भेटबार्ता गर्नु भएको छ ।
काठमाडौंमा भएका अलग÷अलग भेटमा राजदूतहरुले नेपालको विकसित वर्तमान घटनाक्रमका बारे चासो व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री भट्टराईले वर्तमान राजनीतिक घटनाक्रमका बारे राजदूतहरुलाई जानकारी गराउनु भएको थियो ।
भट्टराईले संविधानसभाको निर्वाचनको घोषणा गरेको बताउँदै देशमा लोकतान्त्रिक प्रक्रियानै अगाडि बढ्ने बताउनु भयो । सरकार सबै राजनीतिक दलहरुका वीच सहमति जुटाएर राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्ने प्रयत्नमा लागि रहेको उहाँले बताउनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !