धनुषामा भएको गोली काण्डका कारण थप एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/05/s_8691.html
जनकपुर,जेठ १८ । धनुषाको तारापट्टी सिरसियामा मंगलबार राति अज्ञात समूहले गराएको गोली काण्डका कारण आज थप एकजनाको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट गम्भिर घाईते भएका श्यामप्रसाद यादवको उपचारका क्रममा आज मृत्यु भएको हो । तारापट्टी सिरसिया वडा नं. २ बस्ने ३० वर्षका श्याम यादवको धरानको वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।
अज्ञात समूहको गोली प्रहारबाट यस अघि नेपाल रेल्वेका महाप्रवन्धक सुरेश यादवको मंगलबार राति नै मृत्यु भएको थियो । गोली प्रहारबाट गम्भिर घाईते भएका राजेन्द्र यादवको उपचार धरानमा भईरहेको छ भने श्रीप्रसाद यादवलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको छ । यता घाईते सुरेश प्रसाद यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा नै भईरहेको छ । ग्रामिण पोखरिको विषयमा विवाद भएका कारण गोली प्रहारको घटना भएको स्थानियहरुले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !