पानी परेपछि तराईका किसान हर्षित

http://sindhulidarpan.blogspot.com/2012/05/s_1687.html
सुरेश बिडारी,सर्लाही,जेठ १८ । तराईका जिल्लामा आज मौसम बदली भई बिहानैदेखि पानी परेको छ । लामो समयको खडेरीका कारण चिन्तित भएका किसानहरु पानी परेसँगै खुसी भएका छन् । खडेरीका कारण बारीमा बाली लगाउन नपाएका र लगाएका बाली सुक्न थालेर चिन्तित भएका किसानहरु पानी परेसँगै खुसी भएका हुन् ।
पानीले लगाएका बालीलाई फाइदा पु¥याउने र बाँझो जमिनमा पनि खेति गर्न सहयोग पुग्ने किसानहरुले बताएका छन् । खडेरीको प्रभाव खेतबारीमा मात्रै नभएर खानेपानीमा पनि परेको छ । अत्याधिक खडेरीका कारण खानेपानीको मुहान सुकेपछि सर्लाहीको चुरे आसपासमा पर्ने दर्जनौ गाविसमा खानेपानीको हाहाकार भैरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !