धूमपानरहित दिवस

काठमाण्डौ,जेठ १८ । विश्व धूमपानरहित दिवसको अवसरमा आज काठमाडौंमा सरोकारावाला निकायले ¥याली निकालेका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा ‘सुर्ती उद्योगको हस्तक्षेप’ भन्ने मूल नारासहित निकालिएको ¥याली वसन्तपुरबाट सुरु भई फेरि वसन्तपुरमा गएर  सभामा परिणत भएको थियो । ¥यालीमा सरकारी अधिकारी, सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधि र विभिन्न क्याम्पस तथा विद्यालयका विद्यार्थी सहभागी थिए ।


 सभामा नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ सरकारले प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन नचाहेको गुनासो गर्नुभयो । उहाँले सुर्ती उद्योगको हस्तक्षेपलाई निस्तेजा पार्न एवम् सुर्तीजन्य पदार्थको प्याकेजमा ७५ प्रतिशत भाग ओगट्ने गरी चित्र सहितको चेतावनीमूलक सन्देश राख्नुपर्ने प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।


 उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन कार्यान्वयन भए÷नभएको बारेमा राज्यले अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो । सुर्तीजन्य पदार्थमा चार हजारभन्दा बढी प्रकारका रासायनिक तत्व पाइन्छ, जसको सेवनले मानवशरीरमा २५ किसिमका विभिन्न रोग लाग्ने र सुर्ती सेवनका कारणले विश्वमा प्रत्येक दिन ११ हजार व्यक्तिको मृत्यु हुने गरेको तथ्याङ्क छ । त्यस्तै प्रत्येक सात सेकेन्डमा विश्वमा एकजना व्यक्तिको मुत्यु सुर्तीजन्य पदार्थको सेवनका कारणले भइरहेको बताइएको छ ।   सन् १९८७ देखि विश्वभर विश्व धूमपानरहित दिवस मनाउन थालिएको हो ।

Related

विविध 6712766216348873671

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item