जीएसएम मोवाइलमा समस्या

http://sindhulidarpan.blogspot.com/2012/05/s_8805.html
सिन्धुली,जेठ १७ । जिल्लामा एक साता देखी जीएसएम (नमस्ते)मोवाइल सेवामा समस्या आए पछि मोवाइल प्रयोग कर्ताहरु मारमा परेका छन् । मोवाइलमा कुरा गर्दा गर्दै नेटर्वकको काटीने समस्याले सिन्धुलीवासी आजित भएका छन् । जीएसएम मोवाइलमा छिन छिनमा नेटर्वक समस्या आउदा इमरजेन्सी कुरा पनि गर्न पाइन छाडेको जीएसएम मोवाइलका उपभोक्ताहरुले गुनासो गरेका छन् । फोन गर्दाहुने काममा पनि नेटर्वकको समस्याले आफै धाएर जानु पर्ने वाध्यता भएको उपभोक्ताहरु वताउछन् ।
नेपाल टेलीकमको लापरवाहीको कारण मोवाइल सेवा सिन्धुलीमा पटक पटक प्रभावित हुने गरेको आरोप स्थानियले लगाएका छन् । त्यसै गरी कमलाई माई नगरपालीका ५ ढकालगाँउकी देवकुमारी पोखरेल जनतालाई सेवा दिन वसेको टेलीकमवाट सेवा नपाउनु र्दुभाग्य भएको वताइन् । कुरा गर्दा गर्दै नेटर्वक हुँदैन उहाँले गुनासो गर्नुभयो ।
नेपाल टेलीकम सिन्धुलीका प्रमुख उपेन्द्रराय यादवले टिआरएक्स कार्ड विग्रीएकोले जीएसएम मोवाइलमा समस्या आएको वताउनुभयो । नेपाल टेलीकमको विटीएसमा तिन वटा टिआरएक्स कार्ड प्रयोगमा छन् । तिन वटा कार्ड मध्ये एउटाले काम नगर्दा समस्या भएको यादवले वताउनुभयो । टिआरएक्स कार्डले क्षेमता भन्दा वढी फोनहरु क्याच गर्न नसक्ने भएकोले कुरा गर्दा गर्दै नेटर्वक काटीने गरेको प्रमुख यादवको भनाइ छ । टिआरएक्स कार्डको खोजी भैरहेको छ । विटीएसमा नयाँ कार्ड नराखेसम्म मोवाइल सेवामा समस्या आइनै रहने उहाँले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !