शसस्त्रको टेलीफोन काटीयो

उमा पौडेल,सिन्धुली,जेठ १८ । 
शसस्त्र प्रहरी वल वेस क्याम्पस सिन्धुलीले सात महिना देखी टेलीफोन महँसुल नतिरेको भन्दै नेपाल टेलीकम सिन्धुलीले शसस्त्र प्रहरी वेस क्याम्पसको टेलीफोन लाईन काटी दिएको छ । शसस्त्र प्रहरी वल को वेस क्याम्प सिन्धुलीमा स्थापना भए देखी टेलीफोन महसुल कार्यालयलाई नतिरको टेलीकमका प्रमुख उपेन्द्रराय यादवले जानकारी दिनुभयो । सिन्धुलीमा करिव दुई वर्ष अघि शसस्त्र प्रहरी वलको वेस क्याम्प स्थापना गरिएको थियो । शसस्त्र प्रहरी वलको नाममा रहेको टेलीफोन वकौता ३१ हजार पुगे पछि  टेलीफोन लाईन  काट्न हामी वाध्य भएको प्रमुख यादवले वताउनुभयो । शसस्त्र प्रहरी वल वेस क्याम्पस सिन्धुलीले ०४७,५२११११ टेलीफोन नम्वर प्रयोग गर्दै आएको थियो ।  

जनतालाई सुरक्षा दिन वसेको शसस्त्र प्रहरी वल वेस क्याम्पको टेलीफोन लाई सात  महिना देखी संचाल नहुँदा जनता शसस्त्र प्रहरी वलको प्रत्यक्ष सेवा लिनवाट वन्चीत भएका छन् । शसस्त्र प्रहरी वल वेस क्याम्पस सिन्धुलीका प्रहरी नायक उपरिक्षक रुद्र पौडेलले वजेट नभएको टेलीफोनको रकम तिर्न समस्या परेको वताउनुभयो । टेलीफोन महसुल तिर्न छिन्नमस्ता गण वर्दिवासलाई अनुरोध गर्ने उपरिक्षक पौडेलले वताउनुभयो । टेलिफोनको विल भुक्तानी गर्ने वेस क्याम्पसँग रकम नहुने भएकोले महसुल तिर्न समस्या भएको उहाँले वताउनुभयो । कार्यलयमा टेलीफोन सेवा नहुँदा जनतालाई सेवा दिन कठिन भएको पौडेलको भनाइ छ ।

Related

स्थानिय 3974851300721645510

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item