माओवादीकै कारण संविधानसभा भंग भयो:एमाले

http://sindhulidarpan.blogspot.com/2012/05/i_31.html
काठमाण्डौ,जेठ १८ । संविधानसभा विघटन भएको बारेमा औपचारिक जानकारी गराउन भन्दै नेकपा एमालेले आज पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा एमालेले अनेकौं विकल्प र समय रहँदा रहँदै माओवादीको गलत मनसाय र कदमका कारण संविधानसभा विघटन भएको आरोप लगाएको छ । माओवादीको द्वैध चरित्र र सर्वसत्तावादी सोचकै कारण संविधानसभा समाप्त भएको स्पष्ट भएको दाबी पनि गरेको छ ।
संविधानसभालाई असफल हुन नदिन आफ्नो पार्टीले सकेसम्मको कोसिस गरेको पनि एमालेले पत्रकार सम्मेलनमार्फत जारी राखिएको विज्ञप्तिमा उल्लेख छ । प्रदेशको नामाकंन बहुपहिचान वा साझा पहिचानमा आधारित हुनुपर्छ भन्ने प्रस्ताव राखेकै आधारमा पार्टीलाई संघीयता विरोधी र संविधानसभाको विरोधीको रुपमा लगाइएको आरोपको भत्र्सना पनि गरेको छ । पत्रकार सम्मेलन एमाले अध्यक्ष झलनाथ खनालले राष्टिय सहमति तयार नगरी चुनाव पनि संभव नभएको र मुलुकको अरु राजनीतिक संकट पनि समाधान नहुने बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !