अत्यधिक रक्तस्राव भएकाले बमलाई बचाउन नसकिएको चिकित्सकको भनाइ, छानबिनका लागि समिति गठन

http://sindhulidarpan.blogspot.com/2012/05/s_7716.html
काठमाण्डौ,जेठ १८ । अज्ञातसमूहको गोली प्रहारबाट घाइते भएका सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको अत्यधिक रक्तस्राव भएकाले बचाउन नसकिएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । नर्भिक अस्पतालमा उपचारको क्रममा न्यायाधीश बमको आज दिउँसो करिब २ बजे निधन भएको हो । अस्पतालका निर्देशक भरत रावतले अत्यन्तै नाजुक अवस्थामा ल्याइनुभएका न्यायधीश बमको उपचार गर्दागर्दै मृत्यु भएको बताउनुभयो । बङ्गलामुखी मन्दिरमा दर्शन गरेर सर्वोच्च अदालत जाने क्रममा उहाँमाथि गोली प्रहार भएको प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले जानकारी दिनुभयो ।
नम्बर प्लेट नखुलेको पल्सर मोटरसाइकल चढेका दुई हतियाधारीले गाडीलाई पछ्याउँदै न्यायधीश बम र उहाँका अङ्गरक्षक महेश गिरीमाथि गोली प्रहार गरेका थिए । उहाँसँगै गाडीमा रहनुभएका उहाँका बालसखी कलाकार दीपक गिरीको बुबा राम गिरीमाथि पनि गोली प्रहार भएको थियो । उहाँको पेटमा एक र हातमा दुई गोली लागेको छ । उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । स्व बमका अङ्गरक्षक महेश गिरीमाथि पनि चारवटा गोली प्रहार भएको छ । उहाँको घाँटीमा गोली प्रहार भएको कारण अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । न्यायधीश बमको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री डा बाबुराम भट्टराई, सर्वोच्च अदालतका प्रधानन्यायधीश खिलराज रेग्मी, उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव माधव घिमिरे, सर्वोच्च अदालतका अरु न्यायधीश, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल, सुरक्षा निकायका प्रमुखहरु नर्भिक अस्पताल पुग्नुभएको थियो ।

न्यायाधीश निधनका कारण आइतबार सबै न्यायालय बन्द गरिने भएको छ । आज दिउँसो सर्वोच्च अदालतले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भोलि बमको शव श्रद्धाञ्जलीका लागि बिहान ८ देखि ११ बजेसम्म सर्वोच्च अदालतमा राख्ने र त्यसपछि भोलि नै अन्त्येष्टी गरिनेछ । यसैबीच न्यायाधीस बमको हत्याको घटनाबारे छानबिन गर्न प्रहरीले एआईजी कुवेरसिंह रानाको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !