सबै दलको सहमतिमा बजेट ल्याइने अर्थ मन्त्री पुनको भनाइ

http://sindhulidarpan.blogspot.com/2012/05/i_8459.html
काठमाण्डौ,जेठ १८ । अर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलहरुसँगको सहमति बाट नै आर्थिक वर्ष २०६९÷२०७० को बजेट ल्याइने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले दलहरुको बीचमा सहमतिको प्रयास भइरहेकाले सहमतिको बजेट नै आउने धारणा राख्नुभएको हो । उहाँले व्यवस्थापिका संसद नरहेको अवस्थामा दलहरुको सहमतिमै सबै प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
उहाँले प्रमुख राजनीतिक दलका आर्थिक क्षेत्र हेर्ने प्रमुखहरुसँग बजेट निर्माणबारे छलफल गरेर बजेट ल्याइने र त्यसको लागि प्रयास पनि भइरहेको बताउनुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म १ खर्ब ९० अर्ब ८ करोड राजश्व सङ्कलन भएको छ । त्यसमा जेठ महिनाको समेटिएको छैन भने वैशाख समान्तसम्म कुल लक्ष्यको ९८.६२ प्रतिशत राजश्व सङ्कलन गरिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !