औपचारीकतामै गणतन्त्र दिवस

http://sindhulidarpan.blogspot.com/2012/05/s_8958.html
सिन्धुली,जेठ १६ । नेपालमा ०६२/ ६३ को जनआन्दोलनले प्रप्त लोकतान्त्रीक गणतन्त्र संस्थागत हुन नसक्दा सिन्धुलीमा गणतन्त्र दिवस औपचारीकतामा मात्र सिमिति भएको छ । स्थानीय विकास अधिकारीको संयोजकतत्वमा ५५ सदस्यीय गणतन्त्र दिवस समारोह जिल्ल समिति, सिन्धुलीको कार्यक्रममा केहि सुरक्षाकर्मी, सरकारी कर्मचारी, राजनीतिक दलका केही नेताको मात्र उपस्थिति रहेको थियो ।
राजनीतिक दलका नेताले संविधान नबन्नमा एक अर्कालाई दोषारोपण गरेर गणतन्त्रको संम्बोधन गरे । कार्यक्रममा भविष्य निर्माता शिद्धबाबा उच्च माविका प्रंधानध्यापक टोमप्रसाद काफ्ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नपाल पत्रकार समहासंद्द, जिल्ला शाखा सिन्धुलीका उपसभापति कृष्णहरी घिमिरे, अन्तरपार्टी महिला सञ्जालको उपाध्यक्ष शान्ता पाख्रिन, नेकपा एमालेका अध्यक्ष कमलजंग राई, नेपाली काँग्रसका सभापति महन बराल, एनेकपा –माओवादी) का सहइन्चार्ज दीर्घराज श्रेष्ठ, प्रमुख जिल्ला अधिकरी वेणीमाधव ज्ञवालीले आ–आफ्नो धारण व्यक्त गरेका थिए ।
देशलाई आमूल परिवर्तन गर्ने महान शहिद भन्ने नेताहरुले गणतन्त्र ल्याउन हजारौं नेपालीले जीवन बलिदान दिने ती सहिदहरुलाई गणतन्त्र दिवसको औपचारीक कार्यक्रममा आयोजकले नै विर्षिएको थियो । पत्रकार कृष्णहरी घिमिरेले सम्झाए पछि पूनः माहनधारण गरेका थिए ।
कार्यक्रममा बोल्नेहरुले नेपालमा संविधान घोषणा नभएर निरासा वनाएको वताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिष हरिप्रसाद वगालेले ल्याप्चे लगाउने संविधान सभाको सदस्य भएकोले संविधान वन्न नसकेको हो आगामी निर्वाचनमा कम्तिमा विएड् पास गरेकालाई मात्र उमेदवारी वनाउने नीति ल्याउनु पर्छ । अन्यथा फेरी पनि संविधान लेखिदैन भन्नु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !