निर्वाचनको घोषणा जनविरोधी–महिला सङ्घ

काठमाडौँ, जेठ १६ । नेपाल महिला सङ्घले ताजा जनादेशको नाममा संविधानसभाको निर्वाचनको घोषणा नेपाली जनताको ६ दशकभन्दा बढीदेखि संविधानसभाबाट संविधान घोषणा गर्ने उत्कट अभिलाषाविपरीत जनविरोधी र अलोकतान्त्रिक कदम भएको ठहर गरेको छ । 


सङ्घले सहमतिका लागि विकल्प हुँदाहुँदै प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको निष्कर्ष निकालेको छ ।  संविधानसभा विघटनपछि वर्तमान सरकारका प्रधानमन्त्रीलाई पदमा रहने संवैधानिक अधिकार नरहेका भन्दै सङ्घले तत्काल राजिनामा दिई राष्ट्रिय सहमतिका लागि बाटो खुल्ला गर्नुपर्ने माग सङ्घले गरेको छ । सङ्घका अध्यक्ष डा डिल्ला सङ्ग्रौलाद्वारा जारी प्रेस विज्ञप्तिमा यस्तो ‘असंवैधानिक कदम’को विरोधमा लाग्न सम्पूर्ण लोकतन्त्रप्रेमीलाई अपिल गरिएको छ । 

Related

विविध 6209657638442267371

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item