खैरो हिरोइनसहित यात्रु पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/05/s_9489.html
हेटौँडा, जेठ १६ । वीरगन्जबाट काठमाडौँतर्पm आउँदै गरेको रात्रिबसलाई आज बिहान ३ बजे पूर्वपश्चिम राजमार्गको रातोमाटेमा जाँच गर्ने क्रममा एक यात्रुको साथबाट प्रहरीले खैरो हिरोइन १७० ग्राम बरामद गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतीहारी घर भई हाल वीरगन्ज छपकैया डेरा गरी बस्ने ४२ वर्षीय मन्जुर मियाँ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !