बर्दिवासका कैदीको पीडा


बर्दिवास, जेठ १६ । महोत्तरी कारागार शाखामा कैदीबन्दी बिरामी हुने क्रम निकै बढेको छ ।  अहिले ३७ महिला, सात आश्रित बालबालिका सहित ३८४ जना कैदीबन्दी रहेको कारागारमा दिनहुँ २०–२५ जनालाई उपचारका लागि अस्पताल पु¥याइरहनुपरेको कारागार प्रशासनले जनाएको छ ।   कारागारमा खाँदाखाँद भएर बस्नुपर्ने र नुहाइ–धुवाइ तथा शौचालयको प्रयोगमा घन्टौँ पालो कुर्नुपर्ने भएपछि प्रचण्ड गर्मीको मौसममा बिरामी हुने क्रम बढेको कैदीबन्दीको भनाइ छ । कारागारमा १३५ जना कैदीबन्दी मात्रै राख्नसक्ने क्षमता भए पनि क्षमताभन्दा झन्डै तेब्बर सङ्ख्या भएपछि बसाइँको कुशल व्यवस्थापन हुन नसक्दा बिरामी बढेको कारागारका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुरले स्वीकार गर्नुभयो । 

कारागारमा स्वास्थ्योपचारका लागि आउने रकम कारागारको क्षमताको हाराहारीलाई आधार बनाएर आउने गरेकाले क्षमताभन्दा झन्डै तेब्बर सङ्ख्याका कैदीबन्दीको उपचारमा खर्चको समेत अभाव हुने गरेको वरिष्ठ स्वास्थ्यकर्मी ठाकुरले बताउनुभयो । कारागारमा दुइटा धारा र दुइटा शौचालयमात्र रहेकाले आफूहरूलाई निकै अप्ठ्यारो परेको बताउँदै कैदीबन्दीले धारा र शौचालयको सङ्ख्या बढाइदिनुपर्ने माग गरेका छन् ।  

Related

विविध 9175433857924948859

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item