मेस्सीको अर्को किर्तिमानी
http://sindhulidarpan.blogspot.com/2012/05/s_9030.html
म्याड्रिड (एजेन्सी),बैशाख २४ ।
बार्सिलोनाका स्टार स्ट्राइकर लियोनेल मेस्सीले एकै सिजनमा धैरै गोल गर्ने किर्तिमान पनि कायम गरेका छन् । स्पेनिस ला लिगामा शनिबारराति भएको खेलमा स्पानियोलविरुद्ध बार्सिलोनालाई जिताउने क्रममा व्यक्तिगत ४ गोल गरेका उनले यो सिजनमा आफ्नो गोल संख्या ७२ पुर्याएका हुन् ।

यसअघि यो रेकर्ड आर्ची स्टार्कको नाममा थियो । अमेरिकी बेथलम स्टिलका तर्फबाट उनले सन् १९२४/२५ मा ७० गोल गरेका थिए । मेस्सीले ला लिगामा पनि व्यक्तिगत गोल ५० पुर्याएका छन्, जसमा उनको १४ ह्याट्रिक पनि छ । बार्सिलानाका लागि ३ सय २७ खेल खेलेका मेस्सीले २ सय ५१ गोल गरेका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !