कास्कीमा भएको जीप दुर्घटनामा ११ को मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/05/blog-post_06.html
कास्की, बैशाख २४ ।
कास्कीको धिताल-१ नुवार गाउँमा आज बिहान भएको जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। ग १ च ३२४८ नम्वरको यात्रुवाहक जीप धिताल गाविसको नुवागाउँ उकालो उक्लने क्रममा ठूलाकुना भिडवारी भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।
मृतकमध्ये ७ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा जीप धनी तथा चालक विकाश क्षेत्री, ल्वाङ्ग घलेल गाविसका वखतवहादुर क्षेत्री, वेगवहादुर, भीमवहादुर विक, वलराम गौतम, पामेका मिठु अधिकारी तथा जङ्गवहादुर विक र उहाँका श्रीमती असर्फी विक रहेको वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी ईन्सपेक्टर भुवनेश्वर तिवारीले जानकारी दिनुभएको छ ।
जीप सडकवाट २ सय मिटर तल चौरमा खसेको जनाईएको छ । दुर्घटनामा परी ६ जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाईतेहरुलाई उपचारको लागि पोखराको मनिपाल शिक्षण अस्पताल लगिएको छ । दुर्घटनामा परेका मध्ये १ जना भने हामफालेर वाच्न सफल भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !