महोत्तरीका ५ गाविसका सचिव अख्तियारको कारवाहीमा

शुक्रराज लामा ,
सर्लाही,वैशाख २४ । 
महोत्तरीका विभिन्न ५ वटा गाविसका सचिवहरुले विकास वजेटको रकम अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने भएको छ । रकम अनियमितता गरेको आरोप लाग्नेहरुमा  वथनाहा र भटौलिया गाविसका सचिव श्यामसुन्दर प्रसाद सिंह , मेघनाथ गोरहन्नाका सचिव देवेन्द्र चौधरी , रामगोपालपुर र खोपीका सचिव मोहन भगत , वनौलिदनौलीका सचिव सत्रुधन मिश्र , हरिहरपुर हरिणमरिका देवनारायण यादव  रहेका छन् । 

आरोपित पाँचै जना सचिवलाई कारवाहीका लागि अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगमा कागजात पठाइएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले वताउनु भयो । उनीहरुले विपन्न वर्गका सामाजिक तथा आर्थिक अवस्था उकास्न खर्च गरिएको रकम अन्यत्र खर्च गरेको ,सामाजिक सुरक्षा वजेट हिनामिना गरेको , आदिवासी दलित ,जनजाति , जेष्ठ नागरिक , अपाड्ड बालबालिकाको वजेट दुरुपयोग गरेको लगायतका विभिन्न आरोपहरु लागेको छ । 


Related

विविध 1612708451835002765

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item