‘संविधानसभाको आयु लम्बाउने गृहकार्य सुरु’


काठमाडौ,  वैशाख ३१ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले प्रधानमन्त्री बावुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको खुलासा गर्नु भएको छ । राजधानीमा आज आयोजित साक्षत्कारमा पौडेलले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्ने स्पष्ट पार्दै कानूनी जटिलता मिलाएर म्याद थपिने बताउनु भयो । ‘संविधान जारी नभई संविधानसभा विघठन हुँदैन’, उहाँले भन्नु भयो, ‘प्रधानमन्त्री बाबुराम भट्टराईपनि संविधानसभा विघठन गर्ने पक्षमा हुनुहुन्न ।’
उहाँले मुलुकमा संघीयतालाई असफल बनाउने प्रयास भईरहेको भन्दै अखण्ड सुदूरपश्चिमको आन्दोलन त्यस्तै षडयन्त्रकारीहरुले सञ्चालन गरेको आरोप लगाउनु भयो ।

जातीय सहित सांस्कृतिक र भाषागत पहिचान सहितको संघीय राज्य बनाउनुपर्ने पौडेलले बताउनु भयो ।
एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावलीले संविधानसभाको म्याद थप्नुपर्ने बताउनु भयो । उहाँले सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति ब्यक्त गर्दै संविधान जारी नभएसम्म संविधानसभा विघठन हुननहुने बताउनु भयो ।
तत्काल संविधानसभाको म्याद थप तिर भन्दा पनि अधिकतम काम गरेर संविधान जारी गर्न तर्फ लाग्नु ज्ञवालीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘कुरा नमिलेका विषयलाई पछि संविधान संशोधन गरेर अगाडि बढ्न पनि सकिन्छ ।’ कांग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले वास्तविक रुपमा राष्ट्रिय सहमतिको सरकार बन्ने मात्रै संविधानसभाको म्याद थप्न सकिने बताउनु भयो । उहाँले साझा नामाकरण भए कांग्रेस ११ प्रदेशसम्म जान सक्ने बताउनु भयो ।

Related

राष्ट्रिय 3506200234238766262

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item